भरतपुर, १ जेठ –सर्वाधिक चासोको बिषय बनेको भरतपुर महानगरपालीकाको हाल सम्मको मत परीणामलाई लियर देशै भरी सर्गर्मी चलेको छ । चिया पसल देखी सामाजिक सन्जाल र हरेको न्युज मिडियाको चासोले भरियको भरतपुर महानगरपालिका चर्चाको रहनुको प्रमुख कारण प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्रिको उम्मेवारी र कंग्रेस सँगको तालमेल नै हो ।
स्थानिय कांग्रेस कार्यकर्ताको बिरोधका बाबजुत पनि जबरजस्ती माओवादी केन्द्र सँग तालमेल गरियका कारण पनि सबैको ध्यान आकर्शण यो महानगरमा परेको हो ।
अहिले सम्मको मतगणनामा प्रचण्डपुत्री मेयरकी उम्मेद्वार रेणु दाहाल एमालेका देवी ज्ञवाली सँग पछी पर्नाले झन चर्चामा रहन गएको छ । नेपाली कांग्रेस सँगको तालमेललाई लिएर कांग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्छन भन्ने जन चासोको बिषय बनेको यस मनगपालिकाको हाल सम्मको मत परिणामलाई हेर्नेहो भने एमालेका मेयर देवी ज्ञवाली — १५२ मतले अग्रता लिदै अघी बढेका छन र रेणु दाहाल ११० मतले पछी पछी छिन । भखरै सुरु भएको मत गणनालाई आधार मानेर रेणु दाहालको अवस्था नाजुक नै भन्न नमिले पनि लिडमा उनकै मत आउनु पर्ने सबैको आकलन देखिन्छ ।
आफ्नो नामले भन्दा पनि प्रचण्डपुत्री हुनुको फाईदालाई कांग्रेस सँगको तालमेलमा क्यास गर्न खोजेको जनताको बुझाईलाई जनमतले के भन्छ पुरै मतपरिणमा नआई भन्न भने कठिन छ । कांग्रेस कार्यकर्ताले रेणु दाहाललाई कतीको साथ दिएका छन मत परीणमले भन्छ ।
Leave a Reply