
जेठ २, कास्की ।

कास्कीको मादी गाउँपालिकामा एमालेले ५ र कांग्रेसले ३ वडामा प्यानलसहित जित हात पारेको छ । माओवादी केन्द्रका २ वडाध्यक्षको पल्लाभारी भएको छ ।
मादी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले प्यानल जित हासिल गरेको हो । कांग्रेसले वडाध्यक्षमा रतनबहादुर गुरुङसहित प्यानल नै जित हात पारेको हो । वडाध्यक्षमा बिजयी गुरुङ ५०२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुब्बा गुरुङले ४०३ मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसका पार्वती राना मगर, दलित महिला सदस्यमा सोममाया सार्की तथा खुल्ला सदस्यमा सरोज केसी र हुमनाथ अधिकारी विजयी भए ।
त्यस्तै, वडा नम्बर ६ मा एमालेका पसबहादुर बास्तोलासहितको प्यानल विजयी भएको छ । वडाध्यक्षमा विजयी बास्तोलाले ४ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिमबहादुर जिसीले २३४ मत पाए ।
महिला सदस्यमा एमालेका शिवा त्रिपाठी, दलित महिला सदस्यमा सुन्दरी परियार तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र चन्द्रबहादुर रानामगर बिजयी भएका छन् ।
वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङ वडाध्यक्षमा विजयी भए । विजयी गुरुङले ३१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण गुरुङले २८० मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी विष्णुकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकै चित्रकुमारी विक, खुल्ला सदस्यमा माओवादीका नारायण सापकोटा र वीरबहादुर गुरुङ विजयी भए ।
वडा नम्बर ८ को वडाध्यक्षमा यामबहादुर गुरुङसहित कांग्रेसको प्यानल विजयी भएको छ । गुरुङले ४ सय २६ र उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर सुबेदीले २४३ मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसकी लालदेवी घले, दलित महिला सदसयमा पञ्चकुमारी सार्की तथा खुल्ला सदस्यमा कुलवीर गुरुङ र तुलाप्रसाद रिजाल विजयी भए ।
वडा नम्बर ९ मा माओवादी केन्द्रका तोरणबहादुर गुरुङ वडाध्यक्षमा विजयी भएका छन् । विजयी गुरुङले ४११ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिनबहादुर गुरुङले ३०९ मत पाए ।
महिला सदस्यमा कांग्रेसकी रिता अधिकारी, दलित महिला सदस्यमा पदमकुमारी सार्की तथा खुला सदस्यमा भीमबहादुर गुरुङ र सञ्जय गुरुङ विजयी भए ।
वडा नम्बर १० को वडाध्यक्षमा कुलप्रसाद गुरुङसहितको एमाले प्यानलले जित दर्ता गरेको छ । विजयी गुरुङले ५ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर गुरुङले २७७ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकै विष्णु सुबेदी, दलित महिला सदस्यमा बिना दमाई तथा खुला सदस्यमा गमबहादुर गुरुङ र विष्णुप्रसाद गौतम विजयी भएका छन् ।
मादी गाउँपालिकाको अब वडा नम्बर ११ र १२ को मात्रै मत परिणाम आउन बाँकी छ ।
यसअघि मादी गाउँपालिका वडा नम्बर १, २ र ४ मा नेकपा एमालेको प्यानल विजयी भएको थियो भने वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको थियो ।

