New from Nepal

उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…

२ जेठ, ललितपुर । राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ । ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।

महांकाल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २०८० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले १७२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भएकी छन् । उनले २२६३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला अधिकारीले १३९९ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *