विजय तिमिल्सिना
मेरो समाज र देशको मुहार फेर्न
गर्व बोकाएको छु
हुर्किदै छ गर्वमा पक्कै
सात देखी नै महिनामा
च्या च्या गर्ला
मतपेटिका बाट एक एक झिकेर
पट्याएका मेरा अधिकारलाई
खोल्दै छ्न
धेरै धेरैको सहभागीता जाँचीदै छ
खै कुन प्रतिनिधि पास हुन्छ
मेरो अधिकार अहिले अस्पातलमा छ
छिट्टै रिजाल्ट दिन
लागेका छ्न
केही कछुवा सरकारी डक्टरहरु
आस गरौ छिट्टै सुत्केरी गराउछन
अनी म दाङ भएर लड्डु खुवाउने छु,खाने छु
Leave a Reply