ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
२०८१ कात्तिक १७ शनिवार
८ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित बहुमत वडामा बर्चश्व कायम गरेको छ । सोमबार बिहान सम्पन्न मतगणनामा एमाले मेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ ७७६९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश खड्काले ६६४५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि एमालेकै निर्मला थापा ८६३६ मतसहित विजयी भएकी छन् । कांग्रेसकी लक्ष्मी श्रेष्ठले ६५९५ मत प्राप्त गरिन् ।
महालक्ष्मी नरपालिकाको परिणाम आएसँगै अब ललितपुर महानगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ
एमालेले महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिका जितेको छ भने कांग्रेसले गोदावरी नगरपालिका र वागमती गाउँपालिका जितेको छ । माओवादी केन्द्रले कोन्जोस्योम गाउँपालिका जितेको छ ।