Unlocking the Full Potential of Driver Booster 11 Pro Through Cracking Techniques
२०८१ कात्तिक १७ शनिवार
काठमाडौं, जेठ ८– पहिलो चरणमा चुनाव भएका २ सय ८३ वटा स्थानीय तहमध्ये अब ११ ठाउँको मात्रै मतपरिणाम आउन बाँकी छ । बाँकी स्थानीय तहमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ४ नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । अहिलेसम्म नेकपा एमाले १ सय १६ वटा स्थानीय तहमा विजयी भएको छ भने, दोश्रो स्थानमा रहेको कांग्रेस १ सय ३ वटा स्थानीय तहमा विजयी भएको छ । मतपरिणाम आउन बाँकी स्थानीय तहको अवस्था यस्तो छ :
काठमाडौं महानगरपालिका
काठमाडौ महानगरपालिकाको ८८ हजार २ सय ९१ मत गनिसक्दा एमालेका विद्यासुन्दर शाक्यले २९ हजार १ सय २९ मत पाउनुभएको छ । काँग्रेसका राजुराज जोशीले २० हजार ३ सय ६८, विवेकशिल नेपालकी रन्जु न्यौपानेले १२ हजार २ सय ९७ र साझा पार्टीका किशोर थापाले ८ हजार ५ सय २३ मत पाउनु भएको छ । यहाँको मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिन्छ ।
ललितपुर महानगरपालिका
ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जनले १९ हजार ५ सय ८३ मत सहित अग्रता लिइरहनुभएको छ । एमालेका हरिकृष्ण ब्यञ्जनकार १७ हजार ६ सय ४८ र साझा पार्टीका रमेश महर्जनले ११ हजार ९ सय ९ मत पाउनुभएको छ भने माओवादी केन्द्रका दिनेश महर्जनले ५ हजार १ सय १२ मत पाउनुभएको छ ।उपमेयरमा काँग्रेसकी गीता सत्यालले १४ हजार ८ सय ७६, साझा पार्टीका शोभा शाक्यले १२ हजार ७ सय २६, माओवादी केन्द्रका हसिना शाक्यको ८ हजार २ सय ८८, राप्रपाका बाबुकाजी प्रधानले ६ हजार ८ सय ६१ मत पाउनुभएको छ । वडा नम्बर २० मा काँग्रेसका चन्द्रलाल महर्जन विजयी हुनुभएको छ । अहिले वडा नम्बर २१ र २२ को गणना भइरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली २२ हजार १ सय ४४ तथा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहालले १९ हजार ७ सय ५७ मत पाउनुभएको छ । उपमेयरमा नेपाली कांग्रेसकी पार्वती साहको २२ हजार ६ सय १० र एमालेकी दिव्या शर्माको १९ हजार ६ सय ७१ मत रहेको छ ।
पोखरा लेखनाथ महानगरपालिका
पोखरा लेखनाथ महानगरपालिका अझै मतगणना हुन सकेको छैन । अस्ति बेलुकीदेखि रोकिएको गणना फेरि सुरु गर्ने विषयमा विवाद छ । निर्वाचन आयोगले मत गणना गर्न निर्देशन दिएपनि अझै गणना भने सुरु भएको छैन । मतगणना रोकिनुअघिसम्म एमालेका मानबहादुर जिसीले अग्रता लिनुभएको छ । उहाँले २० हजार ५ सय १ मत ल्याउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामजी कुँवरले १८ हजार ६ सय ७० मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले १९ हजार ३ सय ६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले १७ हजार ७ सय १२ मतका साथ पछ्याई रहनुभएको छ ।पोखरामा देखिएको विवाद मिलाउन सर्वदलीय बैठक बोलाइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका
मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मेयरमा फेरि एमालेले अग्रता लिएको छ । काँग्रेस भन्दा एमाले ७३ मतका साथ अगाडि छ । पछिल्लो मतगणना अनुसार एमालेका मेयरका उम्मेदवार हरिबहादुर महतले १६ हजार ७ सय ७२ मत ल्याउनुभएको छ । काँग्रेसका आनन्दराम पराजुलीले १६ हजार ६ सय ९९ मत पाउनु भएको छ । हेटौडामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ । यस्तै राप्रपाका मधु अधिकारीले ५ हजार ५ सय ४ मत ल्याउनु भएको छ । उपमेयर एमालेका मिना लामाले १६ हजार ८ सय १४ र माओवादी केन्द्रका उम्मेदवार बलराम बलले १२ हजार ३ सय ५९ मत पाउनुभएको छ ।
काठमाडौं बुढानीलकण्ठ नगरपालिका
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको आन्तिम परिणाम आज दिउँसोसम्म आउने भएको छ । १३ वडामध्ये १ र दुईको मात्र परिणाम आउन बाँकी छ । एक र दुई वडाको अहिले गणना भइरहेकाले दिउँसो सम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृत बिदुर कोइरालाले जानकारी दिनुभयो । अहिलेसम्मको गणनामा एमालेले अग्रता लिएको छ । कांग्रेस झण्डै दुई हजार मतले पछि छ । बुढानिलकण्ठ नगरपालिकाको १३ वडामध्ये दुईमा कांग्रेस र ९ वटामा एमाले विजयी भएको छ ।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसका उपेन्द्र कार्की ७ हजार ८ सय ९१ मतसहित अगाडि हुनुहुन्छ । एमालेका मेयरका उम्मेद्वार कृष्णहरि थापाको ७ हजार ६ सय ८० मत छ । उपमेयरमा भने एमालेकी उम्मेद्वार बिन्दु सिम्खडा ८ हजार ८७ मत ल्याएर अगाडि हुनुहुन्छ । कांग्रेसकी उम्मेद्वार अनिता अधिकारी ७ हजार ५ सय ९१ मत सहित उहाँलाई पछ्याइरहनु भएको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका
भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको दुई दिन बितिसकेको छ । मतगणना सुरु गर्नका लागि आइतबार सर्वपक्षीय बैठक बसेपनि नेपाली कांग्रेस र एमालेको विवादका कारण मतगणना सुरु हुन नसकेको हो । दलहरुबीचको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगलाई समस्याका बारेमा लेखी पठाउने र निर्वाचन आयोगका निर्देशन अनुसार कार्य गर्नका लागि भने दलहरु सहमति भएकाले आयोगलाई पत्राचार गर्ने निर्णय भएको छ । त्यहाँ नेपाली कांग्रेस लगायतका दलले घोषणा भइसकेका वडाको पनि पुनः मतगणना गर्न माग गरेका छन् ।
चितवनको खैरहनी नगरपालिका
चितवनको खैरहनी नगरपालिकामा एमालेको अग्रता कायम छ । पछिल्लो परिणाम अनुसार मेयरमा एमालेका लालमणि चौधरीले १० हजार १ सय ९५ मत ल्याउनु भएको छ । नेपाली कांग्रेसका राजेन्द्र प्रसाद चौधरीले ९ हजार ८३ र माओवादीका एकराज डल्लाकोटीले ३ हजार ३० मत पाउनु भएको छ । उपमेयरमा एमालेकी सुनिता थपलिया खरेल ९ हजार ९ सय ५३ मतका साथ अगाडी हुनुहुन्छ । कांग्रेसकी शुसिलादेवी उप्रेतीले ९ हजार २ सय ५० र माओवादी केन्द्रकी रेवती उप्रेतीले २ हजार ७ सय ६३ मत पाउनु भएको छ ।
कालिकोटको नरहरीनाथ गाउँपालिका
कालिकोटको नरहरिनाथ गाउँपालिकामा मतगणना सुरु भएको छ । नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ६ मा प्रहरीको गोलीबाट राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गएपछि मतदान रोकिएको थियो । यो वडामा ८ सय ७९ मतदाता रहेका छन् । नरहरिनाथ गाउँपालिका ६ नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा नेत्रविक्रम चन्द बिप्लब समूहका कार्यकर्ताले मतदान सम्पन्न भएपछि मतपेटीका खोस्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोलीबाट बटालाको ज्यान गएको थियो । मतदान केन्द्रदेखि २ सय ५० मिटर टाढा विप्लबका कार्यकर्ताले सकेट बम र सुतली बम राखेकाल नेपाली सेना त्यहाँ गएको मौका पारी विप्लब कार्यकर्ताले मतदान अधिकृत सहितका कर्मचारीलाई मतदान केन्द्रमा घेराहाली मतपेटीका लगेका थिए । घटनापछि नरहरीनाथ गाउँपालिकाको नन्दादेवि मावि सेरापाटामा आइतबार पुनः मतदान भएको हो ।
दोलखाको मेलुङ गाउँपालिका
दोलखाको मेलुङ गाउँपालिका–१ स्थित पवटी मतदान केन्द्रमा आइतबार पुनः मतदान भएको छ । वैशाख ३१ गते बुथ कब्जाका क्रममा प्रहरीले गोली चलाउँदा एकजना मतदाताको ज्यान गएपछि चुनाव स्थगित भएको थियो । आइतबार नै सुरु हुने भनिएको मतगणना विवादका कारण अझै सुरु हुन सकेको छैन ।