नेपाली काँग्रेस पाँचथरले उम्मेदवारको टुङ्गो लगायो

२०७४ जेठ १० बुधवार
Shikhar News

पाँचथर, १० जेठ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो ।

फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङ्देम्बेको नाम चयन गरेको छ ।

हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ र कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङको नाम चयन गरेकोे छ ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती, उपाध्यक्षमा सुनमाया राई, तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा, उपाध्यक्षमा टेककुमारी कुरुम्बाङ रहनुभएको छ । याङबरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगोलाई अघि बढाएको छ ।

फिदिम नगरको प्रमुख र उपप्रमुखको उम्मेदवारका बारेमा सहमति नभएपछि विवाद समाधान गर्न केन्द्रमा पठाइएको पार्टीका चुनाव प्रचारप्रसार समिति संयोजक वृजहाङ आङदेम्बेले बताउनुभयो ।

जिल्लाको ६० वटा वडामा भने कार्यसमिति चयन गरिसकिएको जानकारी दिंदै उक्त दलका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले प्रत्येक गाउँपालिकामा सक्षम र सबल उम्मेदवार तयार पारेको बताउनुभयो ।

(Ambien)