काँग्रेसद्धारा भरतपुर १९ मा पुन मतदान गर्न माग नारायण ढुंगाना, चितवन, १५ जेठ । नेपाली काँग्रेस चितवनको मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका १९ मा पुन मतदान गर्न माग गरेको छ । काँग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ती जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदानको माग गरेको हो । जिल्ला सभापति जितनारायण श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उक्त कुरा उल्लेख छ । राती मतगणना भैरहेको अबस्थामा घटेको घटनाको खेद व्यक्त गर्दै नेपाली काँग्रेस चितवनले घटनाको सत्यतथ्य छानविन गर्न र दोषिमाथी कारवाहीको समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थि तगर्न माग गर्दा व्यवस्थीत नगरिएकाले उक्त घटना भएको काँग्रेसको निष्कर्ष छ ।
आज काँग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वडा नम्बर १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानियतह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान सुचारु गर्न समेत जोडदार माग गर्दर्छौं ।’ गएराती पौने १२ बजे भरतपुर महानगरको मतगणना स्थलमा मतपत्र च्यातिएपछि अहिले यहाँ मतगणना स्थगित भएको छ ।
काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर

Leave a Reply