दोस्रो चरणको मतदान अब असार १४ मा

Vianet

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको दोस्रो चरणको मतदानको मिति असार १४ गतेका निम्ति तोकेको सरकारका एकजना मन्त्रीले जनाएका छन्।

Vianet

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले तराई केन्द्रित दलहरुलाई मनाउने उद्देश्यले जेठ ३१ का निम्ति तोकिएको मतदान असार ९ गतेलाई सारेको थियो।

तर उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको आखिरी शुक्रबार परेकाले त्यसलाई पुन: सारिएको रक्षामन्त्री बालकृष्ण खाँणले  बताए।

उक्त नयाँ मितिबारे निर्वाचन आयोगसंग अनौपचारिक कुराकानी भइसकेको उनले बताए।

मन्त्रिपरिषद

संशोधन

“विशेषगरि मुसलमानहरुको पर्व परेको अनि तराई केन्द्रित राष्ट्रिय जनता पार्टिलाई पनि चुनावमा सामेल हुन सहज होस् भनेर यो मिति सारिएको छ। अब फेरि सर्दैन,” खाँणले बताए।

उनले चुनावमा भाग लिन चाहने दललाई सहज बनाउने हिसाबले निर्वाचनसम्बन्धी कानूनमा संशोधन गर्न लागिएको बताए।

पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते मतदान भइसकेको छ।

प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको मतदान हुनेछ।

यी प्रदेशमा तराईका जिल्ला समेटिएका छन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री