Shikhar News

News from Nepal

भरतपुरमा नोक्सान भएको मत सङ्ख्या ९०

भर्खरै प्राप्त जानकारी अनुसार भरतपुर महानगर वडा नं-१९को मतगणनाका क्रममा मिति २०७४/०२/१४ गते राति ११:४५ गते भएको  मतपत्र च्यातने प्रकरण पछि निर्वाचन आयोगको निर्देशनमा राजनीतिक दलको प्रतिनिधिको रोहवरमा मतपत्रको अवस्था बारेको रिपोर्ट

भरतपुर-१९ मा कुल खसेको मत-२८९७

गणना भई घोषणा भएको मत-१८०९

सग्लो मत-२८०७

नोक्सान भएको मत-९०

घुजा-धुजा भएको मत-०

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘क्षति भएको मतपत्र ९० रहेको देखियो । म यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउँछु ।’

गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले भने पुनःमतगणना गर्नु पर्ने बताएका छन् ।

मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका मधु न्यौपाने र द्रोण सिवाकोटी जनही १-१ लाख धरौटीमा रिहा भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *