काठमाडौँ, १९ जेठ । ललितपुर महानगरपालिकाको मेयरको मतगणनासम्बन्धी विवादमा अदालतले विपक्षीको नाममा कारण देखाउन आदेश दिएको छ ।
ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकारले आफूलाई बदनियतपूर्वक हराइएको भन्दै दायर गरेको उजुरीमा उच्च अदालत पाटनले विपक्षीको नाममा शुक्रबार कारण देखाउ आदेश मागेको हो । व्यञ्जनकारले उच्च अदालत पाटनमा बुधबार फिरादपत्र दर्ता गराएका थिए।
मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी एमालेका मेयरका उम्मेदवार व्यन्जनकारले बुधबार मुद्धा दायर गरेका थिए । भरतपुर महानगरपालिकाको मत गणनाा रोकिएर निर्वाचनको अन्तिम मत परिणामका सन्दर्भमा देशैभरको ध्यान त्यसतर्फ गईरहँदा ललितपुर महानगरपालिकाको मत परिणामको विषयमा परेको उजुरीले अझ ध्यान तानेको छ ।
महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगक कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर काँग्रेसका चिरीबाबु महर्जनको भन्दा ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् ।
Leave a Reply