Shikhar News

News from Nepal

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार

दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् ।

लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।

भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधकै कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत पढेर सुनाउन सकिएको थियो ।

विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान लिएको छ । र, उसले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने बताएको थियो ।

तर, सत्तारुढ दलहरुले भने सूचना टाँसेर भएपनि प्रक्रिया सुरु गर्नु पर्ने बताए ।

सहमतिको प्रयासमा विहान कार्यव्यवस्था परामर्श समितिको र दिउँसो तीन दलको बैठक बोलाइएको थियो । तर, सत्तापक्ष र विपक्षी दलहरुबीच सहमति हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *