चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौं । नेपाली फिल्म उद्योग क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् । यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले पनि राष्ट्रिय भवनाले ओतप्रोत फिल्म ‘तारेभीर’ सम्पूर्ण दर्शकमाझ ल्याएका छन् । देवानको यस फिल्म आउँदो असार २ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ । सेन्सरबोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ ।
निर्माता देवानले फिल्मको बारेमा बोल्दै भने, ‘तारेभीर राष्ट्रिय भावनाले ओतप्रोत फिल्म हो । फिल्मले नेपाल प्रहरी प्रशासनको सकारात्मक पक्षलाई लेडिज प्रहरीमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।’ साथै, फिल्ममा कमेडी, लभस्टोरी, सेन्टिमेन्टल, लेडिज एक्शन र मनोरञ्जनको पूर्ण प्याकेज पनि रहेको निर्माता देवान बताउँछन् ।
‘तारेभीर’ लेडिज एक्सन ओरिन्टेड र दर्शकहरुले पूर्ण मनोञ्जन लिने बताउँदै निर्माता देवानले असार २ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको सो फिल्मलाई हेरिदिन र प्रतिक्रिया दिनलाई पनि सम्पूर्ण दर्शकहरुलाई अनुरोध पनि गरेका छन् ।
अहिले फिल्मको निर्माण पक्षले प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । निर्माण पक्षका अनुसार पूर्वका सबै जिल्लाहरुमा प्रचार–प्रसारलाई तिब्रता दिइएको छ । साथै, चितवनलगायतका ठाउँहरुमा पनि प्रचार–प्रसारको काम भइरहेको निर्माण पक्षको भनाई छ । निर्माण पक्षका अनुसार मोफसलका दर्शकहरुको लागि पनि ‘तारेभीर’ फिल्म पखाई फिल्म बनेको छ ।
फिल्मलाई पाका थिएटर कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक सुब्बाको आफ्नै रहेको छ । नेक्स्ट जेनेरेशनको ब्यानरमा फिल्मलाई देउकृष्ण देवानले निर्माण गरेका हुन् । फिल्ममा बिष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण देवान, मञ्जु श्रेष्ठलगायत मूख्य भूमिकामा रहेका छन् ।
फिल्मको गीत संगीतलाई प्रकाश गुरुङ, सनुप पौडेल, ब्रविम शेर्मा र जेपि नेम्वाङले संगीतबाद्ध गरेका छन् । त्यस्तै, फिल्ममा जनक गुरुङको द्वन्द्व गोबिन्द राई र दिनेश माङुगमुको नृत्य निर्देशन रहेको छ ।