कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

Vianet

कोहलपुर (बाँके), २९ जेठ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।

Vianet

दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् ।

एमालेले प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णकुमारी थारूलाई तथा नेकपा माओवादी केन्द्रले प्रमुख नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी चौधरीलाई उम्मेदवार बनाएका छन् । थारू समुदायको बाहुल्य रहेको नगरपालिकामा १५ वटा वडा छन् । सत्तरी हजार ६४७ जनसङ्ख्या रहेको नगरपालिकामा काँग्रेसले १५ वटै वडाको वडाध्यक्षको नाम टुङ्ग्याए पनि अन्य दलले सबै वडाका उम्मेदवार टुङ्ग्याई नसकेको जनाएका छन् ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री