तत्कालीन तमलोपाका निर्बाचित कोषाध्यक्ष हाल राजपा नेपालका कोषाध्यक्ष अनिता यादवले राजपा भित्र अतिबाद पलाएको भन्दै राजिनामा दिएकि छन् ।
धनुषा जिल्ला स्थाई बसोबास भएकी मधेसकी प्रभाशाली नेत्री जो तमलोपाकी सस्थापक नेत्री अनिता यादब पनि एक महत्त्वपूर्ण हुन ।
बिगतको संबिधान सभामा धनुषा क्षेत्र नम्बर ५ बाट करिब दस हजार मत ल्याई तत्कालीन रास्ट्रपति रामबरण यादबका छोरा चन्द्रमोहन यादबबाट झिनो मतले पराजित भएकी थिइन् । नेतृ यादबलाई धनुषा र मधेस भित्र निकै प्रभाशाली मानिन्छ ।
उनि सङै राजपा केन्द्रिय सद्स्य एवम बिगत संविधान सभामा धनुषा क्षेत्र नम्बर ७ का उम्मेदवार राजेश्वर महासेठ पनि २० साल पछि जनताले पाउने स्थानीय तहको निर्वाचन राजपा द्वारा असहयोग र बहिष्कार गरेको प्रती घोर असन्तुष्टि राख्दै पार्टी परित्याग गरेका हुन् ।
एमाले श्रोतका अनुसार भोली बिहान ९ बजे उनि एमाले अध्यक्ष के पि शर्मा ओलिको प्रमुख अथित्यमा र महासचिव ईश्वर पोख्रेलको बिशेष उपस्तिथिमा पार्टी कार्यलय धुम्बाराहीमा विशेष कार्यक्रम गरि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
नेतृ यादबको एमाले प्रबेश पछि धनुषा जिल्ला र मधेस मा एमाले थप शक्तिशाली हुने मधेसका जानकार हरु बताउछन ।
Leave a Reply