New from Nepal

तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,

१० असार, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ती बजारमा शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त आमसभा गर्ने भएका छन् ।

आसन्न स्थानीय चुनावमा आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर संयुक्त उम्मेदवारी दिएका छन् ।

बिहान ११ः०० बजेबाट सुरु हुने भनिएको आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, कांग्रेस नेता जगदीशनरसिंह केसी, कांग्रेस नेता तुलसी सुब्बा, गणेश विमली, कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रबाट केन्द्रीय सदस्य सुशीला कन्दङ्वा, रघु गौतम, चिन्तन बराल लगायत नेताहरुका साथै अध्यक्ष पदका उम्मेद्वार नारायणकुमार ईङनाम र उपाध्यक्ष पदका उम्मेदवार रमिला खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीच गठबन्धन कायम भएपछि दुवै दलका उम्मेदवारहरुले गठबन्धनको जित सुनिश्चित भएको दावी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *