चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
असार ११ – पाकिस्तानको पञ्जाबमा तेल ट्यांकर पल्टिएर आगलागी हुँदा कम्तिमा एक सय २३ जनाको ज्यान गएको छ । पञ्जाबको बहावलपुरमा राजमार्गमा तेल ट्यांकर पल्टिएर आगलागी भएको हो । ट्यांकर पल्टिएर सुरु भएको आगोको राजमार्गमा गुडेका अरु गाडीमा सल्किएपछि धेरै मानवीय क्षति भएको हो । ट्यांकर पल्टिएपछि चुहिएको तेल संकलन गर्न पुगेका स्थानीय बासिन्दा पनि अचानक आगो सल्किँदा जलेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा झण्डै ८० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । तर घाइतेको उपचारका लागि सुविधा सम्पन्न अस्पताल नजिकमा नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रक खटिएका छन् ।
तेल ट्यांकर तीव्र गतिका कारण पल्टिएको र त्यसपछि आगो सल्किएको जनाइएको छ । पल्टिएको ट्यांकर नजिकै केही मानिसले चुरोट खाएको र त्यसैबाट आगो सल्किएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएको पाकिस्तानी टेलिभिज जियोले जनाएको छ । ज्यान गुमाउनेको पहिचान गर्न सकिने अवस्था नरहेको र त्यसका लागि डिएनए परीक्षण गर्नु पर्ने देखिएको छ ।