Who Invented Gambling? The Of Gamblin
२०८१ मंसिर २४ सोमवार
कञ्चनपुर, असार १४ – कञ्चनपुरका मतदाताले मदतान केन्द्र ज्येष्ठ नागरिकमैत्री नभएको गुनासो गरेका छन । बिहानैदेखि मतदाताको लाममा उभिएका उनीहरुले आफूहरुलाई भोट हाल्न सहज नभएको भन्दै गुनासो गरेका हुन । भीमदत्त नगरपालिका–१८ महेन्द्र उच्च माविमा मतदान सकेर बाहिरिएका गणेशदत्त लेखकले मतदानस्थल जेष्ठ नागरिकमैत्री नभएको गुनासो गर्नुभयो ।
७४ वर्षीय लेखकले मतदान गर्नका लागि आफूले डेढ घण्टा लाईन लाग्नुपरेको गुनासो गर्नुभयो । ‘मतदानस्थल जेष्ठ नागरिकमैत्री भएन’ लेखकले भन्नुभयो ‘मतपत्र लिएर भित्र जादा बत्तीको व्यवस्था पनि छैन । हामी बृद्धले आँखा कम देख्छौ, कसरी भोट हाल्ने ?’ तर लामो समयपछि स्थानीय तहको चुनावमा मत दिन पाउँदा आफू उत्साहित भएको उहाँको भनाई छ ।
‘लामो समयपछि स्थानीय तहको चुनावमा भोट हाल्न पाउँदा खुशी लागेको छ । तर, हामी जस्ता बृद्धबृद्धा नागरिकको वेवास्ता गरियो’ उहाँले गुनासो गर्दै भन्नुभयो ‘कम्तिमा पनि चुनावको दिन बत्ती नकाट्नु पर्ने । काटेपनि त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने तर भएन ।’
लेखक जस्तै मत दिएर निस्कदै गर्नुभएकी ६४ वर्षीय दिलमाया खरेलको पनि उस्तै पीडा छ । २ घण्टा लाइनमा बसेर भोट हालेर निस्कीएकी खरेलले भन्नुभयो ‘आँखा कमजोर छ । मतपत्र ठूलो छ तर भित्र अध्यारो छ । साह्रै गाह्रो भयो । २ घण्टा लाइनमा बसेको थकाईलाई विर्सिएर उत्साहित हुदै खरेलले भन्नुभयो ‘जे जति दुःख भएपनि भोट हाल्न पाएकोमा खुशी लागेको छ ।’
लामो समयदेखी स्थानीय निकाय जनप्रतिनिधि विहिन हुदा गाउँठाँउको विकास हुन नसकेको भन्दै अब केहि विकास हुन्छ कि भन्ने आश लागेको पनि बताउनुभयो । कञ्चनपुरका अधिकांश मतदानस्थल जेष्ठनागरिक, अपांगता भएका, महिला, पुरुष र अशंक्तका लागि छुट्टा छुट्टै लाइनको व्यस्था गरिएको छ । तर कतिपय मतदानस्थलमा भने महिला, पुरुष र अपांगता भएकाको लाइनको व्यस्था गरिएकाले पनि जेष्ठनागरिकले लाइनमा बस्नु पर्ने बाध्यता छ ।
अपांगता भएका र वृद्धवृद्धालाई छुट्टै लाइनमा राखेर वा सीधै मतदान स्थलमा गएर मतदान गर्न सक्ने व्यवस्था भएपनि यहाँका मतदान अधिकारीले उनीहरुको वेवास्ता गरेका छन ।