धनकुटा,प्यूठान,इलाम,बझाङ को ताजा पारीणाम

२०७४ असार १५ बिहीवार
developer_admin
धनकुटाका सातमध्ये ६ तहमा एमालेको अग्रता

धनकुटा नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयर चिन्तन तामाङले पाँच सय ४५ र उपमेयर शकुन्तला बस्नेतले पाँच सय ४५ पाएका छन् । त्यस्तै कांग्रेसमा मेयरमा दिनेश राईले एक सय २४ र उपमेयरमा रेणु श्रेष्ठले एक सय २४ मतले ल्याएर पच्छयाई रहनुभएको छ ।

धनकुटाको सातवटै स्थानीय तहमा मत गणना सुरु भएको छ । गणना भइरहेको मध्ये ६ वटामा एमालेको अग्रता रहेको छ भने कांगे्रसले एक तहमा अग्रता लिएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्यूठानमा एमालेले खाता खोल्यो, एउटा वडामा विजयी

प्यूठानको सरुमारानी गाउँपालिकाको वडा नं. ६ मा एमालेले विजयी भएको छ । प्यूठानमा एमालेले यो पहिलो जीत हो । नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार तुल बहादुर रोका सहितको प्यानल नै विजयी भएको हो ।

रोकाले ४ सय ९४ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खिम बहादुर विकले ३ सय ३ मत प्राप्त गर्नुभएको छ । रोकाको प्यानलमा महिला सदस्य कमला उलुङ्गेले ४ सय ७७, दलित महिला सदस्य फुलमायाँ विकले ४ सय ९३, खुल्ला सदस्य तिल बहादुर बुढाले ४ सय ७६ र अर्का सदस्य ओबिराम बुढाले ४ सय ८३ मत ल्याएका छन् ।

सरुमारानी गाउँपालिकामा अध्यक्षमा एमालेका झग बहादुर विकले ८ सय २६ मत, उपाध्यक्ष मिना सोमैले ८ सय १९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मोहन पन्थिले ४ सय ५८ तथा उपाध्यक्ष तुलसा विष्टले ४ सय ७५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी माओवादीका डोर बहादुर दर्लामीले ४ सय २४ तथा उपाध्यक्ष लक्ष्मी पल्लीमगरले ४ सय ७ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म एमाले कांग्रेसभन्दो ३ सय ६८ अगाडि छ ।

इलाम : चुलाचुली र माइजोगमाई गाउँपालिकामा एमाले अघि

इलामको चुलाचुली र माइजोगमाई गाउँपालिकामा एमालेले अग्रता लिएको छ । चुलाचुलीको वडा नम्बर ६ को एक सय र वडा नम्बर १ को २ सय मत गन्दा ८८ मतसहित अध्यक्षमा एमाले अगाडि छ भने कांग्रेसको ६६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ५२ मत प्राप्त गरेको छ ।

चुलाचुलीको वडा नम्बर १ को २ सय मतमा वडाध्यक्षमा मञ्चको ६६, माओवादीको ४७, एमालेको ४५ र कांग्रेसका उम्मेदवारले २१ मत प्राप्त गर्नु भएको छ ।

माइजोगमाई गाउँपालिकामा पनि एमाले अघि छ

नेकपा एमाले

अध्यक्ष: जितवहादुर राई ५२
उपाध्यक्ष:सावित्रा भट्टराई २७

नेपाली कांग्रेस

अध्यक्ष: पेम्बा शेर्पा ४३
उपाध्यक्ष: लोकमाया थेवे २२

माओवादी केन्द्र

अध्यक्ष: देवीभक्त शिवाकोटी ५
उपाध्यक्ष: सगीता थामी २४

बझाङ : मष्टा गाउँपालिकाको विवाद मिल्यो, मतदान अधिकृतले मागे माफी

मष्टा गाउँपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ । केही समय अघि मष्टा-५ को मतगणना गर्दा १७ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर नभएपछि विवाद भएको थियो ।

सर्वदलीय बैठेक बसेर १७ वटै मतपत्रलाई बदर मानिएको र मतदान अधिकृत गजेन्द्र रोकायाले माफी मागेपछि मतगणना पुनः सुचारु भएको हो ।