Who Invented Gambling? The Of Gamblin
२०८१ मंसिर २४ सोमवार
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षसहित ८ वटै वडामा विजयी भएको छ । अध्यक्षमा सन्तोष थापा मगर र उपाध्यक्षमा निर्मला भट्टराई विजयी हुनुभएको हो । थापाले ६ हजार ९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका विमलप्रसाद काफ्लेले ४ हजार २१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा विजयी भट्टराईले ५ हजार ६ सय २४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी मायाचिदिले ४ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ ।
पाल्पाको निस्दी गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मुतmबहादुर सारु अध्यक्षमा विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै रीता कुमारी अर्याल विजयी हुनुभएको हो । अध्यक्ष सारुले ५ हजार ३ सय २० मत र उपाध्यक्ष अर्यालले ५ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका शालिकराम पाण्डेले २ हजार २ सय ६५ र उपाध्यक्ष प्रतिस्पर्धी माओवादी केन्द्रका बलु गैरेले २ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ ।
यसअघि तिनाउ गाउँपालिका र पूर्वखोला गाउँपालिकामा नेकपा एमाले विजयी भैसकेको छ । ८ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा बगनास काली गाउँपालिकामा नेपाली कांग्रेस अघि देखिएको छ भने अरुमा एमाले अघि रहेको छ ।
भोजपुरको पौवादुम्मा गाउँपालिकाको अध्यक्षमा एमालेका किरण राई १ हजार ९ सय ६३ मतले विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नगेन्द्र भुजेलले १ हजार ८सय ३४ मत पाउनुभयो । उपाध्यक्षमा भने माओवादीकी सम्झना राई विजयी हुनु भएको छ ।
बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका धनबहादुर विष्ट विजयी हुनु भएको छ । उहाँले ५ हजार २५९ मत ल्याएर विजयी हुनु भएको हो ।
एमालेका धनबहादुर बोहराले ४ हजार ५ सय २३ मत ल्याउनुभयो । यस्तै उपमेयरमा पनि कांग्रेसकै मीना देवी बोहरा जाग्री ५ हजार ३६० मत ल्याएर विजयी हुनु भएको छ । एमालेकी धनदेवी कुँवरले ४ हजार ५८९ मत ल्याउनुभयो ।