दाङ र विराटनगरको ताजा मत पारीणाम

२०७४ असार १८ आइतवार
developer_admin

पौडेललाई एक मतले हराएर पौडेल विजयी

दाङको लमही नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका नुमराज पौडेल र कांग्रेस उम्मेदवार दामोदर पौडेल बिच एक मतले जितहार भएको छ ।

वडाअध्यक्षमा नुमराज पौडेलले ५ सय ६० मत ल्याएर जित्नु भएको छ भने कांग्रेस वडाध्याक्ष उम्मेदवार दामोदर पौडेलले ५ सय ५९ मत ल्याएर पराजित हुनु भएको हो । नुमराज पौडेलसगै वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

मतगणना शनिबार नै सम्पन्न भए पनि पुनः मतगणना गर्नुपर्ने कांग्रेसले माग गरेपछि निर्वाचन आयोगमा पठाइएकोमा आयोगले मत घोषणा गर्न भनेपछि आइतबार मतपरिणाम घोषणा गरिएको हो । मतपरिणाम घोषणासँगै विजय जुलुश निकालिएको छ ।
एक महानगर र सात उपमहानगरको पछिल्लो अवस्था

 महानगरपालिकामा कांग्रेस र एमालेबिच कडा प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस २ सय ८८ मतसहित अग्रस्थानमा छ ।

कांगे्रसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ भने एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ । यस्तै संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ भने माओवादीकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत पाउनु भएको छ ।

दोस्रो चरणका चुनाव भएका ७ वटा उपमहानगरपालिकामध्ये कैलालीको धनगढीको मतगणना फेरि रोकिएको छ । हिजो मुचुल्का र मतपेटिकाको सिल रुजु गरेर मात्र मतपेटिका खोल्ने सहमति भएकोमा बिहान मुख्य निर्वाचन अधिकृतले मुचुल्का खोज्न समय लाग्ने भएकाले त्यसो गर्न नसकिने बताएपछि राजनीतिक दलका प्रतिनिधिले मतगणना बहिष्कार गरेका हुन् । यसअघि हिजो १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए । मतगणना स्थगित हुनुअघिसम्म धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नृपबहादुर वडले ३४९७ मतले अग्रता लिइरहनुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३०८२  मत सहित पछ्याइरहनुभएको छ । एमालेका दुर्गाप्रसाद जोशीले भने २८५४ मत प्राप्त गनुभएको छ । उपमेयरमा भने कांग्रेसकी सुशीला मिश्र भट्टले ४००९ ल्याएर अग्रता लिनुभएको छ । एमालेकी रुकमणी देवकोटाले ३५१८ मत ल्याउनुभएको छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा सुरुदेखि नै कांग्रेसले लिएको अग्रता तोड्दै एमालेका मेयर उम्मेदवार द्वारिकलाल चौधरीले अग्रता लिनु भएको हो । पछिल्लो मत परिणाम अनुसार चौधरीले ७९०२ मत पाउनु भएको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रोहित प्रसाईंले ७८९३ मत पाउनुभएको छ । उपमयेरमा पनि एमालेकी लक्ष्मी गौतमको ७६१३ र कांग्रेसकी बिमला शिवाकोटीको ७८३६ मत छ । धरान उपमहानगरपालिकामा पनि एमालेको अग्रता छ ।

यस्तै रुपन्द्रेहीको बुटवल, दाङको घोराही र तुल्सीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

रुपन्द्रेहीको बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता छ । एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले ८ हजार २ सय ८७ र नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ७ हजार ५ सय ८४ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकै गोमा आचार्य अगाडि हुनुहुन्छ । उहाँले ८ हजार ९ सय ६३ मत ल्याउनुभएको छ । त्यस्तै  कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीका जगत पोखरेलले ५ हजार ४ सय ३७ मत प्राप्त गर्नुभएको छ।

दाङका दुई उपमहानगरमा एमालेको अग्रता कायमै छ । घोराही उपमहानगरपालिकाका मेयर उम्मेदवार नरुलाल चौधरीले १३ हजार ६ सय ३९ र उपमेयरका उम्मेदवार सीता न्यौपानेले १२ हजार ७८२ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भुपबहादुर डाँगीले ९ हजार ९७२ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उपमेयरका उम्मेदवार पुष्पा श्रेष्ठले १० हजार २५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा पनि एमाले अगाडि छ । एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डेले ६ हजार ७२१ र उपमेयरका उम्मेदवार माया आचार्यले ६ हजार ५९ मत ल्याउनुभएको छ । कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ४ हजार ८९८ र उपमेयरका उम्मेदवार देवका नेपालीले ५ हजार ३ सय ६७ मत ल्याउनुभएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिकामा राप्रपाको अग्रता कायमै छ । राप्रपाका मेयर उम्मेदवार डाक्टर धवलशमशेर राणाले ६ हजार ५ सय ७ र उपमेयरका उम्मेदवार राप्रपाकै रमारानी गुप्ताले ४ हजार ८ सय २९ मत ल्याउनुभएको छ । यस्तै कांग्रेसका मेयर उम्मेदवार डाक्टर सुरेश कनौडियाले राप्रपा मेयरका उम्मेदवार राणालाई पछ्याउँदै हुनुहुन्छ । कनौडियाले ३ हजार ९ सय ८ मत ल्याउनुभएको छ । कांग्रेसका उपमेयरका उम्मेदवार उमा थापाले ४ हजार ९ सय ४५ मत ल्याउनुभएको छ । उहाँले राप्रपाका उपमेयरका उम्मेदवार गुप्तालाई १ सय १६ मतले पछाडी पार्नुभएको छ । त्यस्तै माओवादी केन्द्रका मेयर उम्मेदवार दामोदर आचार्यले ३ हजार ६ सय ३६ र उपमेयरका उम्मेदवार कलामुन अन्सारीले ३ हजार ४ सय ६, एमालेका मेयर उम्मेदवार शमसुद्धिन सिद्धिकीले ३ हजार १ सय १६ र उपमेयरका उम्मेदवार एमालेका शान्ती ढकालले ३ हजार ३ सय ६५ र फोरमबाट मेयर उम्मेदवार कमरुद्धिन राईले २ हजार २ सय ५८ र उपमेयरका उम्मेदवार शोभाकुमारी लखेरले ६ सय ८५ मत प्राप्त गर्नुभएको छ ।