८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७/३७ स्थानमा विजयी भएका छन् प्रदेश नम्बर सातका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । ८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७/३७ स्थानमा विजयी भएका छन् । माओवादी केन्द्रले १० स्थानीय तह जितेको छ भने एक स्थानमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।
प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ३ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो ।
प्रदेश नम्बर सातमा कांग्रेस र एमालेमध्ये कुन पहिलो दल भन्ने छिनोफानो ३ स्थानीय तहको मतपरिणाम घोषणा भएपछि मात्रै थाहा हुनेछ ।
मतगणना भइरहेका ३ स्थानीय तहमध्ये कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस तथा पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ ।
Leave a Reply