राजविराज जेसिज भवनमा आगजनी

Vianet

राजविराज । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ ।

Vianet

सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए  । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ ।

यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए  ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री