Who Invented Gambling? The Of Gamblin
२०८१ मंसिर २४ सोमवार
काठमाडौं । ‘टुरिजम म्यान अफ दि ईयर–२०१७’ को अवार्ड आज राम सापोटा (कमल)लाई प्रदान गरिएको छ । विगत लामो समयदेखि पर्यटन व्यवसायका अलावा समाजसेवामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको गन्तव्य नेपाल साप्ताहिकको तेह्रौं वार्षिकोत्सव कार्यक्रममार्फत टुरिजम म्यान अफ दि इयर छनोट समितिका संयोजक रामशरण थपलियाले टुरिजम म्यान अफ दि इयरको घोषणा गरेका थिए ।
सापकोटा पर्यटन व्यवसायी तथा समाजसेवाका अभियन्ता, माउण्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन् । उनलाई सो अवार्ड गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदान गरे ।
कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले पर्यटकियस्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा २४ घण्टे खुल्ने निर्णय सरकारले गरिसकेकोले आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।
मन्त्री शर्माले सो का लागी आवश्यक सम्पूर्ण व्यवस्था गर्न सम्बन्धित निकाय र व्यवसायिहरुलाई अनुरोध गरेका हुन् । चौविसै घण्टा खुल्ला गर्नको लागि सरकारले आवश्यक सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरेको उनले वताए ।
कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रमा राजनीतिक गतिविधि र संघ संस्था मात्र वढि भएको वताए । थापाले अब समग्र पर्यटन क्षेत्र नयाँ गन्तव्यहरुको विकासमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति राजेन्द्र सापकोटा, निट नेपालका अध्यक्ष दिपक महत, पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहाल लगायतले पर्यटन क्षेत्रको विकासमा गन्तव्य नेपालले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
त्यस्तै कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो स्थापना कालदेखि गन्तव्य नेपालले नेपालको पर्यटन क्षेत्रको विकासमा सक्रिय ढंगले लागेको बताए ।
कार्यक्रममा पर्यटन व्यवसायि तथा सामाजिक सेवामा सक्रिय प्रतिष्ठा अमात्य विष्ट,राजेश चन्द्र रेग्मी, सागर विष्ट, नवराज श्रेष्ठ, दावा तामाङ, निलहरी बास्तोला, कर्मा दावा, देण्डी शेर्पा, निम बहादुर मगर, शंकर अधिकारी, वाङछु शेर्पा, मधु कुमार केसी, सुनिल विरजंग राना, श्रीजन सिम्खडालाई सम्मान गरियो ।
त्यसैगरी पत्रकारहरु जनसवाल दैनिकका सम्पादक रामजी वगाले तथा राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीलाई दश–दश हजार राशी सहित सम्मान गरियो । त्यस्तै कार्यक्रममा गन्तव्य नेपाल ग्रुपले पर्यटन व्यवसायिद्वय विष्णु ज्ञवाली र मनोज श्रेष्ठलाई सल्लाहकार मनोनयन गरियो ।