चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौैं । नेकपा-एमालेको स्थायी समितिको बैठकले दुई निर्णय गरेको छ । पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको बैठकले जिल्ला समन्वय समितिको उम्मेदवारको विवाद टुंग्याएको छ ।
जिल्ला समन्वय समिति पर्वतमा प्रमुख मनोहर पौडेल बिश्वकर्मा र उपपप्रमुख तथा मुस्ताङको प्रमुखमा छिरिङ ल्हामु गुरुङ र उपप्रमुखमा रिञ्जिन नाम्गेल गुरुङ उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै सरकारले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगलाई समयसिमाभित्र कुनै पनि राजनीतिक प्रभावमा नपरी स्वतस्त्र र निष्पक्ष ढंगले क्षेत्र निर्धारण सम्बन्धी काम सकेर प्रतिवेदन बुझाउन ध्यानाकर्र्षण गराउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले बताए ।
ज्ञवालीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,‘सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकाले त्यससम्बन्धि काम निर्धारित समयमै सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पुरा नहुने हो कि भन्ने आशंका पैदा भएको छ ।’
२१ दिनको समयसीमा तोकेर सरकारले गत साउन ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षमा पाँचसदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो ।