नवनिवार्चित वडा अध्यक्ष हत्या आरोपमा पक्राउ
२०८१ मंसिर २१ शुक्रवार
काठमाडौं: प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको मतपत्र एउटै बनाउन प्रस्ताव गर्दै संसद्मा विचाराधीन विधेयकमा संशोधन दर्ता गरेको छ।
दुवै निर्वाचन एकैपटक गर्नुपर्ने चर्चा चलिरहेका बेला एमालेले त्यसलाई बल पुग्ने गरी बिहीबार संशोधन दर्ता गरेको हो । एमालेले एउटै मतपत्रमा प्रत्यक्ष र समानुपातिकको चुनाव चिह्न रहनेगरी एउटा मात्र मतपत्र हुने व्यवस्था प्रस्ताव गरेको छ । प्रमुख सचेतक भानुभक्त ढकाल, राजेन्द्रप्रसाद पाण्डे, अग्नि खरेल, कृष्णभक्त पोखरेलसहितका नेताले संयुक्त रूपमा संशोधन दर्ता गरेका छन् ।‘एउटै मतपत्रमा दुईवटै निर्वाचन प्रणालीअन्तर्गतको मतपत्र व्यवस्था गर्न बाधा पुगेको मानिने छैन,’ प्रस्तावित प्रतिनिधिसभा निर्वाचन विधेयकको दफा ३५ मा संशोधन गर्न एमालेको प्रस्ताव छ।
‘प्रत्यक्ष उम्मेदवार र पार्टीलाई समानुपातिकमा भोट हाल्न दुई चुनाव चिह्न समेटेर एउटै मतपत्र हुने व्यवस्थाका लागि संशोधन दर्ता गरेका हौं,’ एमाले सांसद पोखरेलले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटा मतपत्र भयो भने दुवै चुनाव एकैपटक गर्न सहज हुन्छ भन्ने हाम्रो मान्यता हो ।’ यसअघि संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको अलग-अलग मतपत्र थियो।
यस्तै एमालेले मतगणनाक्रममा मतपत्र च्यातिएर वा अन्य कुनै कारण नोक्सान भएमा त्यस्ता मतपत्रलाई खामबन्दी गरी अरु मतपत्र गणना गरेर नतिजा प्रकाशित गर्ने व्यवस्था ऐनमा राख्न संशोधन दर्ता गरेको छ । स्थानीय तह निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएको विषयलाई मध्यनजर गर्दै एमालेले यस्तो प्रस्ताव गरेको नेताहरू बताउँछन् ।
कांग्रेस सांसद आरजु राणालगायत सांसदले ५५ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ महिला आरक्षणका लागि संशोधन दर्ता गरेका छन । १ सय ६५ निर्वाचन क्षेत्रको ३३ प्रतिशतले हुन आउने ५५ क्षेत्रमा महिला उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुनेगरी क्षेत्र तोक्न उनीहरूले माग गरेका छन् । महिला सांसदहरूको समूह (ककस) को तर्फबाट दर्ता भएको संशोधन प्रस्तावमा एमालेकी श्रीमाया थकाली, माओवादी केन्द्रकी सीता नेपाली, राप्रपाकी कुन्तीकुमारी शाहीलगायतले हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र हितराज पाण्डेले मत बराबर भएमा गोला हाल्नेभन्दा कार्यकाल बाँड्ने व्यवस्थाका लागि विधेयकमा संशोधन दर्ता गरेका छन् । कांग्रेसका रामहरि खतिवडाले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद मात्र रहनुपर्ने भन्दै संशोधन दर्ता गरेका छन् । सांसदहरू जीवन परियार, खड्गबहादुर बस्याल र नरभान कामीले चक्रीय रूपमा निर्वाचित हुनेगरी दलित र महिलाको जनसंख्याका आधारमा प्रत्यक्षतर्फ आरक्षित सिट छुट्याउन प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभा विधेयकमाथि परेका ४२ वटा संशोधनमध्ये अधिकांशमा निर्वाचनको मिति ऐनमा तोकिनु नपर्ने प्रस्ताव छन्। प्रदेशसभा निर्वाचन विधेयकमा ३५ वटा संशोधन परेको संसद्को विधेयक शाखाले जनाएको छ।
(Provigil)