चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
पैसा विश्वासको आधार हो र बस्तु र सेवाको विनिमय गर्ने माध्यम पनि हो पैसा । सबै नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ….’ लेखिएको हुन्छ । यसको मतलब उक्त नोट बराबरको बस्तु लिन आएका आएमा हामी दिन सक्छौँ भनिएको हो ।
कुनै पनि देशको केन्द्रीय बैकको काम मुद्रा बजारमा ल्याउने मात्र होइन, भुक्तानी सुनिश्चित गर्ने पनि हो । नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ ।
‘सरकारले सुन, विदेशी सरकारहरुको ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीजमा लगानी गर्दा त्यसको व्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी फिर्ता लिन सकिन्छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री भन्छन् सरकारको सम्पति हो यिनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजानिक गर्नुपर्ने हो त्यस बराबरको सम्पति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ । यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय सोही देशको सरकार हो । अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रेखदेख गरिरहेको हुन्छ ।
मुद्राकोषलाई बैंकको पनि बैंक मानिन्छ । सरकार र केन्द्रीय बैंकको साख हेर्ने काम इन्टरनेशनल बैंक फर सेटलमेन्ट (जेनेभामा छ) र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले गर्दछ । ती निकायले आफ्ना सदस्य देशले समय समयमा दिएको तथ्याङ्कको आधारमा भौतिक रुपमै ती बस्तुको निरिक्षण गर्न पनि सक्छन् ।रुदचश्ररुदचश्रनोट प्रकाशनको लागि आईएमएफमा सुन राखिएको हुन्छ । अन्तर्रा्ष्ट्रिय बजारमा भएको सुनको मूल्यको आधारमा उक्त सुनको मूल्यांकन गरिन्छ । एक पटक नेपालले तोलाको २ सय रुपैयाँको दरले पनि सुन आईएमएफमा राखेको थियो । अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार त्यसको मूल्याङकन गरेर नै त्यसरी राखिएको हो ।
देशको कुल ग्राहर्थ उत्पादन, बजेटले व्यवस्था गरेको चालु खर्च र त्यस वर्ष आएको रेट्यिान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय हुन्छ ।
मुलुकको अर्थतन्त्र धान्न आवश्यक पर्ने रकम बराबरको पैसा छापिन्छ । पैसा छाप्नुअघि अघि एक वर्षमा चलन चल्तिको निमित्त कति रुपैयाँ बराबरको नोट आवश्यक पर्छ भन्ने तय गरिन्छ ।
रेमिट्यान्स डलरमा आउने भएकाले नेपालमा कारोबारको लागि नेपाली रुपैयाँमा रुपान्तरण गर्नुपर्ने हुन्छ । नोट छाप्दा यस्ता डलर सटहीको लागि आवश्यक पर्ने नोटलाई पनि ध्यान दिनुपर्छ । यस बाहेक सरकारले विदेशी ऋण लिएको हुन्छ । अथवा विदेशी ऋण लिने योजना बनाएको हुन्छ । विदेशी ऋण पनि डलरमै आउँछ । त्यसको सटहीको लागि पनि नेपाली रुपैयाँ चाहिन्छ । अर्कोतर्फ मूल्य वृद्धीले पैसाको आकार बढाएको हुन्छ । गत वर्ष कति रकम बराबरको कारोबार भएको थियो भन्ने कुरालाई पनि नोट छाप्नु अघि ध्यान दिइन्छ । यी सबै विषयमा विशेष ध्यान दिएर अर्थतन्त्रका लागि कति रुपैयाँ बराबरको नोट चाहिन्छ भन्ने आँकलन गरिन्छ । पैसा छापेर ल्याउँदासम्म राष्ट्र बैंकमा नोटको मौज्दात कति छ भन्ने कुरालाई पनि यसबेला ध्यानमा राखिएको हुन्छ । किनकि, पैसा छापेर ल्याउन लाग्ने समयसम्मको कारोबार सुचारु हुनुपर्यो । अर्कोतर्फ, नोट जुन वर्ष प्रचलनमा ल्याउने हो त्यही वर्षमा छापेर ल्याउन सकिदैन् । समयमा नयाँ नोट छापेर ल्याउन नसक्दा पाँच वर्ष अघिको दशैमा नयाँ नोटको निकै हाहाकार भएको थियो ।
राष्ट्र बैंकले यि सबै विषयलाई ध्यान दिएर देशलाई आवश्यक पर्ने नोटको हिसाब निकालेपछि नयाँ नोट छाप्ने प्रस्ताव सरकारसँग गर्छ । नयाँ नोट छाप्न सरकारले अनुमति दिएपछि राष्ट्र बैंकले कुन दर (डिनोमिनेशन) का नोट कति छाप्ने भन्ने तय गर्छ । जुन डिनोमेशनको नोट बजारमा बढी चलनचल्तिमा छ त्यही नोट बढी मात्रामा छापिन्छ । मानौ २० दरको नोट बढी चल्तिमा छ भने त्यही नोट बढी मात्रामा छापिन्छ । सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै देवनागरिको ‘अ १’ बाट छाप्न सुरु भएको नोट ‘अ १००’ सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरी ‘आ १’ बाट अरु नोट छापिन्छ । यसरी आवश्यकताको आधारमा ‘ज्ञ’ सम्म नम्बरिङ गरेर नोट छाप्ने गरिन्छ ।
राष्ट्र बैंकमा डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, कलाकार (चित्रकार) रहेर नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तु विज्ञले कुन बन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रबद्र्धन गर्ने भन्ने सुझाब दिन्छन् । पछिल्लो समयमा नोटलाई पनि समावेशी बनाउन सबै धार्मिक समूदायको प्रतिनिधित्व हुने गरी यस्ता चित्रहरु समावेश गर्न थालिएको छ । सबै पक्षको सुझाबको आधारमा नोटका कस्ता चित्र समावेश गर्ने भन्ने निर्णय हुन्छ । यसपछि राष्ट्र बैंकमा नोटको डिजाईन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । त्यसपछि मन्त्रीपरिषद्मा नोटको डिजाइन र डिनोमेशन स्वीकृतिका लागि पेश गरिन्छ ।नोट छाप्ने प्रेस नोट छाप्ने सबै प्रक्रिया पुरा भएपछि भएपछि प्रिन्टिङ प्रेसको खोजी गरिन्छ । नोट छाप्नका लागि ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’को हुनुपर्छ । यस्ता प्रेसहरु जुनसुकै देशमा उपलब्ध छैनन् । केही देशमा मात्रै नोट छाप्ने प्रतिष्ठित कम्पनीहरु छन् । नोट छाप्न दिने प्रेसको छनौट गर्दा त्यसको के–के योग्यता हेर्ने भन्ने राष्ट्र बैंकले तय गर्छ र त्यही अनुसार टेण्डर आह्वान गर्छ । टेण्डर गर्ने कम्पनीहरुको प्राविधिक र आर्थिक पक्ष हेरिन्छ । प्राविधिक रुपमा उक्त कम्पनीले कति रकम बराबरको, कुन–कुन डेनोमिनेशनको नोट कस्ता सेक्युरिटी फिचर राखेर छापेको छ भन्ने कुरामा ध्यान दिइन्छ । यसका लागि राष्ट्र बैंकले मापदण्ड नै बनाएको हुन्छ । सम्बन्धित कम्पनीले पनि त्यसको प्रमाण पेश गर्नुपर्छ ।
आर्थिक पक्ष अन्र्तगत कुन प्रेसले आफूलाई चाहिएको सबै सुविधा सहित कम लागतमा नोट प्रिन्ट गर्न सक्छ भन्ने कुरामा ध्यान दिइन्छ र मापदण्ड पुरा गर्न सक्ने प्रेसलाई नोट छाप्ने जिम्मा दिइन्छ । जुनसुकै कम्पनीलाई नोट छाप्न दिन सकिदैन । मुद्रा राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो । कुनै पनि राष्ट्रले अर्को राष्ट्रलाई कमजोर बनाउन चाह्यो भने जथाभावी नोट छापेर बाड्न पनि सक्छ । यस्ता सेक्युरिटी प्रेसलाई नियमनका लागि राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रुपमा विभिन्न नियम कानुन बनेका हुन्छन् । नोटमा सुरक्षा चिह्न नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । नेपालमा राजतन्त्र हुँदा नोटको सेतो भागमा श्रीपेच राखिएको हुन्थ्यो, अहिले राष्ट्रिय फूलको रुपमा लालिगुराँस राखिएको छ । नोटमा सेक्युरीटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ । उक्त धागोमा ‘एनआरबी’ लेखिएको हुन्छ । यो धागोको केही भाग नोट बाहिरै देखिन्छ भने केही भाग नोट भित्र लुकेको हुन्छ । नोट प्रिन्ट गर्दा नै यसरी मिलाएर प्रिन्ट गरिन्छ । यसबाहेक नोटमा सामान्य आँखाले देखिने र नदेखिने दुवै खालका सेक्युरिटी फिचरहरु प्रशस्त मात्रामा राखिएको हुन्छ । त्यस्तै, प्रकृतिको नक्कली नोट बजारमा आउन नसकोस भनेर यस्ता सुरक्षा चिन्ह राखिएको हो । यदी बजारमा नक्कली नोट भेटीएमा यिनै सुसुप्त सुरक्षा चिन्हको आधारमा नक्कली वा सक्कली हो भन्ने छुट्टयाइन्छ ।
नोट प्रिन्ट गरेर ल्याउँदासम्म त्यसको महत्व सामान्य कागज सरह हुन्छ । जब राष्ट्र बैंकले ‘यति देखि यति नम्बर सम्मका नोटहरु चलनचल्तिमा ल्याईएको छ’ भन्ने सार्वजानिक घोषणा गर्छ त्यसपछि ती प्रिन्ट गरिएका कागजले नोटको महत्व पाउँछ । यसरी नोट सार्वजानिक गर्दा पनि सार्वजानिक गर्न लागिएको रकम बराबरको सम्पती सरकारले व्यवस्था गरेको छ कि छैन भन्ने हेरिन्छ । उक्त रकम बराबरको सम्पती सरकारले व्यवस्था गरेको छ भने मात्र नोट सार्वजानिक रुपमा बजारमा आउँछ । हिजोआज एक र दुई दरका नोट छाँपिदैन । यसको ‘कस्ट अफ प्रडक्सन’ नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकाले छाप्न छोडिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अहिले ती नोटको सट्टामा ‘सिक्का’ छाप्न थालिएको छ । एक र दुई दरका नोट छाप्न र त्यसलाई सफा राख्नको लागि अत्याधिक खर्च लाग्ने भएकाले ती नोट नछापिएको राष्ट्र बैंकले बताएको छ । क्वाइन छाप्न पनि त्यसको ‘फेस भ्यालु’ भन्दा बढी लागत पर्छ । तर, नोट प्रचलनमा ल्याउनु सरकारको दायित्व अन्र्तगत पर्ने भएकाले मंहगो परेपनि छाप्नै पर्ने हुन्छ । यस्ता क्वाईनको सफाईको लागि भने त्यति धेरै खर्च गर्नुपर्दैन ।
हाम्रो समाजमा पैसामा हस्ताक्षर गर्ने व्यक्तिलाई निकै प्रतिष्ठाका साथ हेरिन्छ । कुनै पनि देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन् । गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाएका हुँदैनन् । किनभने ती व्यक्ति गभर्नर हुँदा पैसा छाप्नु पर्ने अवस्था नभएको हुन सक्छ । तर, कोही व्यक्ति छोटो समयको लागि गभर्नर हुँदा पनि सबै नोटमा आफ्नो हस्ताक्षर राख्न भ्याउँछन । दीपेन्द्र बहादुर क्षेत्री करीब ७ महिना गभर्नर भएर राष्ट्र बैंकमा रहे । उनले त्यसअवधिमा ५ सय दरको नोटमा मात्रै हस्ताक्षर गरेका छन् । दीपेन्द्रपुरुष ढकाल क्षेत्री भन्दा कम समयका लागि गभर्नर भएर रहे तर, उनले सबै दरका नोटमा हस्ताक्षर गरेका छन् । ढकालभन्दा अगाडि तिलक रावल राष्ट्र बैंकमा गभर्नर थिए । उनले नोट छाप्ने तयारी सक्न लाग्दा उनी गर्भर पदबाट हट्नुपर्यो । त्यसपछि गभर्नर भएर आएका ढकालले पहिले नै तयार गरिएका ती सबै नोटमा हस्ताक्षर गरे । निश्चित अवधिमा नोट छापिने भएकाले गभर्नरका इच्छाले मात्र पनि नोटमा हस्ताक्षर गर्न पाउँदैनन् । यसरी सबै दरका नोटमा हस्ताक्षर गर्न नपाउने गभर्नर धेरै छन् ।
नोट छापिएर बजारमा गएपछि कारोबार हुँदै जादा कतिपय नोट राष्ट्र बैंकमा फर्कन्छन् । राष्ट्र बैंकमा आएका पुराना नोटको सट्टामा नयाँ नोट बजारमा पठाइन्छ । पुराना भएका नोट भने सम्बन्धित देशको कानुनले व्यवस्था गरेको अधिनमा रहेर जलाएर नष्ट गरिन्छ । राष्ट्र बैंकले सार्वजानिक गरेका कतिपय नोटहरु प्रयोगका क्रममा च्यातिएर नष्ट भएका हुन्छन । आगलागि भएर पनि नष्ट भएको हुन्छ । ती नोटहरु राष्ट्र बैंकमा फर्कदैनन । यसरी राष्ट्र बैंकमा नफर्केका नोटहरु अर्थतन्त्रमा चलायमान भइरहेको मानिन्छ । कतिपय डढेकै नोटको पनि भुक्तानी पाउन सकिन्छ । त्यसको लागि नोटको नम्बर सहित नोटको दुई तिहाइभाग हुनुपर्छ । नोटको आधा भाग मात्र भयो भने त्यसको भुक्तानी हुँदैन । यसको कारण हो, आधा नोट एक ठाँउमा र आधा अर्को ठाँउमा पेश गरी दोहोरो भुक्तानी लिन सक्छन् भनेर दुई तिहाई भाग हुनुपर्ने नियम बनाइएको हो ।
कतिपय नोट स्मारिकाको लागि पनि छापिएको हुन्छ । विशेष अवसर पारेर यस्तो नोटको प्रकाशन गरिन्छ । पञ्चायतको रजतजयन्तिको अवसर पारेर २ सय ५० दरको नोट छापिएको थियो । यो स्मारिकाको रुपमा छापिएकाले चलन चल्तिमा आएन ।टिभी अन्नपूर्ण बाट साभार ।