New from Nepal

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

काठमाडौँ, १६ साउन । नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताअन्तर्गत खुलामा दुई, कलेजमा चार, स्कूलमा आठ, खेलकुद पत्रकारमा दुई, दृष्टिविहीनमा दुई, शारीरिक अपाङ्गमा चार तथा भेट्रानमा पनि समान चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खुलातर्फ पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु १० हजार तथा तेस्रोले रु पाँच हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कार राखिएको छैन्, आयोजकले जनाएको छ ।

दुई सय ६० खेलाडी प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *