नवनिवार्चित वडा अध्यक्ष हत्या आरोपमा पक्राउ
२०८१ मंसिर २१ शुक्रवार
वीरगञ्ज । नेकपा एमालेले वीरगन्ज महानगरपालिकाको मेयर र उपमेयर उम्मेद्वार टुंगो लगाएको छ । एमाले पर्साको बैठकले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको उम्मेद्वार टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको हो ।
जिल्ला बैठकले मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई सर्बसम्मत रुपमा सिफारिस गरेको छ।
जिल्ला कमिटीमा कुनै विवाद नभएकाले प्रदेश र स्थायी कमिटीले अनुमोदनमात्र गर्न बाँकी रहेको २ नम्बर प्रदेशका सहसंयोजक नागेन्द्र चौधरीले बताए । उनले भने, ‘यसअघि जिल्ला कमिटीले सिफारिस गरेका नाममा सर्वसम्मत रुपमा नयाँ नाम आयो । अब स्थायी कमिटीले बसुरुद्धिनलाई मेयर र सोफियालाई उपमेयर उम्मेदवार बनाउनेछ ।’
जिल्ला कमिटीले यसअघि मेयरमा सिफारिस गरेका तीनजना मध्ये सुन्दर कुर्मी संघीय फोरममा प्रवेश गरेका छन् । मेयर उम्मेदवार बनाउने गरी नेशनल मेडिकल कलेजका अध्यक्ष बसुरुद्धिनलाई एमाले प्रवेश गराएपछि उनी रुष्ट भएर पार्टी छाडेका हुन् ।
वीरगञ्ज मुलुकको ब्यापारिक केन्द्र रहेकोले कुनै पनि हालतमा जित्ने योजना बनाइएको एमालेको दाबी छ । २०७० को संविधानसभा चुनावमा एमालेले पर्साका ४ मध्ये ३ सिट सांसदमा जितेको थियो ।