पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….

२०७४ साउन १९ बिहीवार
NewsDesk ShikharNews

सरकारको बिरुद्धमा होइन, राजीनामा गरेका प्रधानमन्त्रीको पक्षमा सडकमा – याली निस्किएको थियो   …………..                                                                                                                                                                                                                                                                                                                               नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारबाट हटेको बिहीवार एक वर्ष पूरा भएको छ । सत्तासाझेदार माओवादी केन्द्रले कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ओलीले राजीनामा दिएपछि एक बर्ष पहिले अर्थात १९ साउनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा पिपलको रुख रोपेर ओली बाहिरिएका थिए ।ओलीले घोषणा गरेझै काठमाडौंबाट लोडसेडिङ मात्र हटेन, सानो स्केलमा भएपनि टेकुमा फोहोरबाट विजुली बत्ति बल्यो, र उच्च पहाडी क्षेत्रमा हावाबाट विजुली समेत बल्यो । समुन्द्रमा पानी जहाज चलाउने जस्ता अनेकौ कुरा गरे, त्यसलाई कतिपयले सपना ठाने कतिपयले गफ ।

प्रधानमन्त्री रहेको समयमा ओली सवभन्दा बढी त भारतीय हस्तक्षेप र दादागिरी विरुद्ध खरो रुपमा उत्रिए । ‘भूकम्पले थलिएको छिमेकीको घाटी च्याप्ने पनि छिमेकी हुन्छ ?’ भन्दै ओलीले नाकाबन्दीको चर्को विरोध गरे । नाकावन्दीलाई कारण बनाएर कतिपय सडकमा ओर्लने शक्तिकेन्द्रको अपेक्षा विपरित जनताहरु शहरमा दाउरा खोरेर भएपनि नाकाबन्दी    विरुद्ध  डटे।                                                              कसरी बढ्यो लोकप्रियता ?

ओली सरकार गिराउनमा भारतीय स्वार्थ र भूमिका रहेको कुरा स्वयं भारतीय पत्रपत्रिकाले लेखेका थिए । नेपालमा ओली सरकार ढल्दा भारतीय मिडियामा एक प्रकारको उत्सव नै छाएको थियो । ‘ओली सरकार विस्थापन भारतको जीत’ भनेर समाचार टिप्पणीहरु आए ।

जनताको पक्षमा काम गर्दागर्दै ‘अल्पायुमै विस्थापन’ गरिएको भन्दै ओलीप्रति जनताको सहानुभूति बढेको देखियो । सौरभ जस्ता स्वतन्त्र विश्लेषकले ओलीलाई ‘राजा महेन्द्र पछि राष्ट्रियताको पक्षमा अडान भएका राजनेता’को संज्ञा दिए । परन्तु ओलीलाई ‘महेन्द्रीय राष्ट्रवाद’ लागू गर्न खोजेको भनेर एकथरीले आलोचना गर्ने गरेका छन् ।

सरकार गठनमा भएका सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सत्तासमीकरण फेरबदल गर्नु पर्नाको कारणबारे स्पष्ट नबताएपनि सरकारबाट बाहिरिएपछि आफूलाई विस्थापित गरेको सरकारलाई ‘मेड इन समह्वेर, एसेम्बल इन नेपाल’को संज्ञा दिएका थिए ।                                                                                                                                                                                                          ओलीले लिएको नीतिका कारण एमाले सफल भएको र पार्टीको विबाद अन्त्य भएको  दावी/