चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
चितवन, साउन २०- भरतपुर महानगरपालिकामा जेठ १४ गते राती स्थगित भएको मतगणना सुरु हुँदैछ । शुक्रबार १९ नं. वडामा पुनःमतदान भएपछि अहिले राती १० : ३० बजेदेखि मतगणना सुरु गर्न लागिएको हो ।
सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना गरिनेछ । पहिले १९ नम्वर वडाको मत गन्ने र त्यसपछि २० नम्वर वडाको सुरु गर्ने निर्णय भएको छ । ४ सय मत गनिसकेपछि सार्वजनिक गर्ने, मेयरका उम्मेदवारका एक एकजना तथा दलका तर्फबाट दुई दुईजना प्रतिनिधि राख्ने निर्णय पनि भएको छ ।
मतगणनास्थललाई तार जालीले घेरेर दलका प्रतिनिधिलाई जालीभन्दा बाहिरै राख्ने व्यवस्था मिलाइएको छ ।
भरतपुर महानगरपालिका–१९ मा भएको पुनः मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो ।
भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ । यसअघि एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको ४०९८० र माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेणु दाहालेको ४०१९६ मत छ । देवी ज्ञवाली ७८४ मतले अघि हुनुहुन्छ ।