चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
लायन्स क्लव अफ बुटवल क्षितिजले आज बृक्षारोपण गरेको छ । भु– संरक्षण दिवशको अवसर पारेर क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण गरेको हो । २०६५ सालमा पहिरो गई नाङ्गो भएको डाडोमा क्लवले खयर, अमृसो, ईपिलिपि र फुलका करिब ३ सय ५० बिरुवा रोपेको क्लवका अध्यक्ष मिलन कुमार पुनले जानकारी दिनुभयो । लायन्स डिष्ट्रिक ३ सय २५ बिटुका प्रथम गर्भनर सुनिल ओझ र डिष्ट्रिकका पूर्व गर्भनर महेन्द्रनाराण श्रेष्ठले बृक्षारापण गरि कार्यक्रमको उद्याटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले पहिरोले उजाड बनेको जमिनमा क्लवले बृक्षारोपण गरि भु– संरक्षणमा महत्वपुर्ण काम गरेको बताउनुभयो । शहरीकरण र औधोगिककरणले वातावरणमा तिव्र रुपमा प्रभाव पारिरहेको अवस्थामा वावातावरण सन्तुलन बनाउन बृक्षारोपण गर्नु पर्ने ओझाको भनाई थियो । पूर्व गर्भनर श्रेष्ठले बृक्षारोपणलाई दिगो बनाई राख्न संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभो । भु– संरक्षण कार्यालय रुपन्देहीका कृष्णदेव ठाकुरले भुक्षय रोक्न बृक्षारोपणनै एक मात्र बिकल्प भएको भन्दै जमिनको अवस्था हेरी बृक्षारोपण गर्नुपर्ने बताउनुभयो । यस बर्षको भू– संरक्षण दिवशको नारा संधियतथामा जलाधार दिगो बिकाशको आधार भन्ने नाराका साथ भु–संरक्षण दिवश मनाईन लागेको जानकारी दिनुभयो । सिद्धबाबा धाम बिकाश समिति अध्यक्ष्ँ लकुश श्रेष्ठले यस क्षेत्रको वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको खाचो रहेको औल्याउनुभयो । कार्यक्रममा जोन चियर पर्सन बिपि बस्याल, क्लवका प्रथम उपाध्यक्ष नारायण बहादुर थापा, सचिव क्षितिज प्रधानले बृक्षारोपणको महत्व बारे भनाई राख्नुभएको थियो ।