New from Nepal

चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने

काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

उनकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन ।

सोही रिट अन्तर्गत सर्वोच्चले आजउनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो । कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो भने सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।

आयोगल शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत साउन सर्वोच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *