New from Nepal

भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले अहिलेको संसदीय व्यवस्थालाई ‘दलाल’को संज्ञासमेत दिएका छन् । राजधानीमा आइतबार पार्टी ध्रुवीकरण कार्यक्रममा महासचिव विप्लवले पुजीपतिले मात्रै चुनावमा प्रतिस्पर्धा गर्न सक्ने र गरिब जनताले चुनावको कल्पनै गर्न नसक्ने व्यवस्थाले देशको उन्नति नभई उधोगती तर्फ लैजाने जिकिर गरे । उनले समानुपातिक निर्वाचन प्रणाली पनि नेपालमा विकृत भइसकेको आरोप लगाए । उने भने,‘नेपालमा समानुपातिक निर्वाचन प्रणाली पनि काम नलाग्ने भयो ।

दलहरूले आफ्ना आफन्त, आसेपासे भर्ती गर्ने र केही खरिदबिक्री भएकाहरु राज्यसत्तामा पुगेँ ।’ विप्लवले प्रश्न गर्दै भने,‘पाँच करोड भन्दा बढीमा सांसदहरु खरिदबिक्री हुन थालेपछि ति किनिएका र बेचिएकाहरुले राज्यको हित गर्छ रु यस्तो व्यवस्थाले जनताको दुःख, पीडा र मर्म बुझ्छ रु’ समग्र राज्यसत्ता नै परिवर्तन हुनुपर्ने बताएका विप्लवले अहिले भइरहेको निर्वाचनले देशको समस्या समाधान नगर्ने ठोकुवा गरे । उनले कार्यकर्ता कति छन् भन्दा पनि जनताको तपोबलमा राज्यसत्ता परिवर्तन गरेरै छाड्ने चेतावनी दिए ।

शेरबहादुरले नेपालको बेइज्जत गरे

महासचिव विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा पुगेर नेपालको बेइज्जत गरेको आरोप लगाए । उनले भने,‘शेरबहादुरले भारत भ्रमणमा रहदा नेपाल माथिको हस्तक्षेपलाई खुलेआम स्विकारेर आएँ । मैले जे गर्नुपर्छ त्यही गर्छु भनेर मोदीलाई आश्वस्त पारेर स्वदेश फर्किए ।’ नेपालको हाइड्रोपावरको उद्घाटन गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएकोमा विप्लवले आपत्ति जनाएका छन् । उनले भने,‘देश पुजीवादी लिच्चडहरु भएसम्म परिवर्तन हुँदैन । नेपालको राष्ट्रिय स्वाधीनता खतरा पर्‍यो ।’उनले नेपालको स्वतन्त्रता र स्वाधीनता बचाउनका लागि पनि भारतीय साम्राज्यवादलाई परास्त गर्नुपर्ने बताए । उनले भुटानको नाममा भारतले साम्राज्य फैलाउन खोज्दा डोक्लाम विवाद जन्मिएको बताए ।

‘सेना प्रहरीले गोली चलाउनु हुँदैन’

महासचिव विप्लवले नेपालको अर्थ, सुरक्षा, परराष्ट्रलगायतका मामिलामा नेपाली शासक दिल्लीमा गएर भारतीय शासकसामू पैसामा बिकेकाले भारतीय हस्तक्षेप बढेको आरोप पनि लगाए । निर्वाचनले देश परिवर्तन हुन नसकेको बताएका महासचिव विप्लवले भने,‘नेपालमा चुनाव पटकपटक भयो र हामी सबैले पटकपटक नै झेल्यौँ । जनताको आधारभूत समस्याको समेत समाधान भएन । त्यसैले, जनताको दुःख पीडा बुझ्ने राज्यसत्ता स्थापना नभएसम्म लडिरहन्छौँ ।’ सेना प्रहरीलाई लक्षित गरी उनले भने,‘दलाल व्यवस्थाका विरुद्ध लड्दा सेना प्रहरीले गोली चलाउनु हुँदैन । हुन त अहिले चलाएका पनि छैनन् । तर, हामी दलालहरुका विरुद्ध लड्छौं र जनताको सत्ता स्थापना गरेरै छाड्छौँ ।’

प्रचण्डको पनि बाबुरामकै हालत हुने

महासचिव विप्लवले क्रान्तिलाई धोका दिएर डा। बाबुराम भट्टराई पलायन भएको आरोप लगाए । उनले बाबुरामको झैँ प्रचण्डले पनि सिको गरेर क्रान्तिलाई धोका दिएको आरोप लगाए । उनले प्रचण्ड र विप्लव एउटै नभएको पनि दाबी गरे । प्रचण्डले नेपाली क्रान्तिलाई बीचैमा छाडेर धोका सत्ताको पछाडी दौडिएको विप्लवको आरोप छ । पार्टीले क्रान्ति गर्ने बताउदै विप्लवले नेता कार्यकर्तालाई भने,‘कसैलाई क्रान्ति हँदैन भन्ने लाग्छ र भरोसा छैन भन्ने लाग्छ भने पार्टी छाडेर गए हुन्छ । अब पार्टीले क्रान्ति गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *