५५ हजार रुपैया तिरे पछि दुबईमा अवार्ड…….
नेपाली फिल्म वा संगीतसँग सम्बन्धित अवार्ड अक्सर विवादित बन्दै आउने गरेका छन् । पैसा, सम्बन्ध र सेटिङका आधारमा अवार्ड बाँडिने गरिएको आरोप नेपालमा आयोजना हुने अधिकांस अवार्ड कार्यक्रमले भोग्दै आएका छन् । हालै संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भएको दोस्रो नेपाली म्यूजिक भिडियो अवार्डले यही नियती भोगेको छ । अवार्डमा पैसाको चलखेल भएको खबर बाहिरिए पछि यो अवार्ड पनि विवादित बन्न पुगेको छ ।
अवार्ड आयोजक संगीक्षा फिल्म्सका प्रमुख मनोज केसीले पैसा लिएर अवार्ड कार्यक्रममा सहभागि गराएको आरोप उनीमाथि लगाइएको छ । केसीलाई उनी निकटका केही पत्रकारले समेत पैसाको सेटिङ मिलाउन सहयोगीको भूमिका निर्वाह गरेको आशंका गरिएको छ । अवार्ड कार्यक्रममा सहभागि हुन गएका कलाकार तथा पत्रकारबाट उनले जनही ५५ हजार रुपैयाँ लिएको बुझिएको छ । उनले दुबई जाने आउने र भिजा भन्दै ायोजक केसीले त्यहाँ जाने कलाकारसँग पैसा लिएको दावी अवार्डमा सहभागि एक कलाकारले बताएका हुन् । केसीले भने जत्ति पैसा बुझाउने कलाकारले नै सबै अवार्ड पाएको दावी समेत ती कलाकारले गरेका छन् । तर दुबईमा अवार्ड आयोजनाको जिम्मा लिएको नमस्ते ट्राभल्सका प्रतिनिधिले भने अधिकांस कलाकारलाई आफुहरुले निशुल्क टिकट र भिजाको प्रवन्ध मिलाइ दिएको बताए ।
अवार्ड विजेता कलाकार र विधा
उत्कृष्ट पपगायन पुरुष
दीपक बज्राचार्य
उत्कृष्ट पपगायन महिला
एञ्जिला रेग्मी
उत्कृष्ट लिरिक्स
दिलीप पिया
उत्कृष्ट सङ्गीत
सचिन सिंह
उत्कृष्ट व्यवस्थापन
महराज थापा
उत्कृष्ट रेकर्डिस्ट
किशोर थापा
उत्कृष्ट लोकदोहोरी
उजेली श्रेष्ठ
भिडियो समूह तर्फ
उत्कृष्ट म्युजिक भिडियो
कृष्ण गुरुङ – हिमालको काखमा
भिडियो डाइरेक्टर
श्रीधर पौडेल (छम छम
क्यामरापर्सन
प्रकाश गुरुङ (हिमालको काखमा
सम्पादन
प्रवीण श्रेष्ठ – मायालु मुहार
उत्कृष्ट भिडियो अभिनेता
विवेकसिंह ठकुरी
अभिनेत्री
नम्रता सापकोटा
उत्कृष्ट कोरियोग्राफी
शंकर विसी
उत्कृष्ट नव प्रतिभा ट्यालेन्ट
प्रेम सेन
संजिव पराजुली
नेपाली म्युजिक भिडियो युएईमा क्रियाशील ५ विधाहरूमध्ये
उत्कृष्ट म्युजिक भिडियो मोडल
आशिष पुरुष
सारिका सुनार
उत्कृष्ट म्युजिक भिडियो
नन्दु राई
उत्कृष्ट म्युजिक गायिका
रेखा घिमिर
उत्कृष्ट म्युजिक भिडियो लिरिक्स
लक्ष्मण भान्तना
उत्कृष्ट म्युजिक भिडियो निर्देशक
विजय सुब्बा
उत्कृष्ट म्युजिक भिडियो छाँयाकार
रोहित विक्रम
उत्कृष्ट गायक
त्रिलोक राना
उत्कृष्ट गायिका
प्राश्ना शाक्य