निखिल, साैगात र बिपिनकाे चलचीत्र पनि फ्लप लिस्टमा

२०७४ माघ १२ शुक्रवार
Newsdesk Shikharnews

काठमाडाै, १२ माघ ।   यस वर्षको मंसिरदेखि माघ पहिलो सातासम्म आइपुग्दा नेपाली फिल्मको व्यापारमा ठूलो गिरावट आएको छ ।

पुष २८ गते प्रदर्शनमा आएकोे फिल्म ‘मिस्टर झोले’ ले नेपालबाटै लगानी सुरक्षित गरेतापनि  माघ ४ गते उपत्यका बाहिर र ५ गते राजधानी भित्र प्रदर्शनमा आएका दुई फिल्म ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’  को व्यापारमा भने ठूलो खडेरी लागेको छ ।

प्रदर्शन पूर्व प्रतिक्षीत मानिएका यी दुई फिल्मले बक्स अफिसमा राम्राे व्यापार गर्ने चलचीत्रकाे नाम लेखाउन असफल रहे । ‘लालपुर्जा’ भन्दा ‘पिंजडा ब्याक अगेन’ को कलेक्सन केही राम्रो भएकाे बताइएकाे छ  ।

लगातार आफ्नो बलियो स्टारडमलाई कमजोर प्रमाणित गरिरहेका निखिललाई ‘पिंजडा ब्याक अगेन’ असफल हुँदा ठूलो घाटा भएको छ । अब उनको स्टारडममा खतराको ‘रातो बत्ति’ बल्न थालेको छ ।

डेब्यु फिल्म पिंजडा पछि करिअरलाई सयको स्पिडमा दौडाएका निखिलको रेस ‘पिंजडा ब्याक अगेन’ सम्म आइपुग्दा शून्यको गतिमा झरेको छ ।

उता, ‘लालपुर्जा’ को असफलताले पनि नायक सौगात मल्लको करिअरमाथी प्रश्न चिन्ह खडा गरेको छ । भर्सटायल एक्टरको रुपमा आफूलाई स्थापित गराएपनि उनलाई पछिल्ला चलचीत्रहरूकाे इवापार हेर्दा अहिले बक्स अफिसको सबैभन्दा कमजोर खेलाडी मानिन थालिएको छ ।
महंगो नायकको रुपमा कहलिएका विपिन कार्कीको पनि हाल यही छ कार्कीलाई ‘लालपुर्जा’ ले अब सस्तो बनाएको चर्चा चल्न थालेकाे छ ।

‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ असफल हुनुको पछाडि कमजोर कथावस्तु, पट्यार लाग्दो प्रस्तुति र निन्द्रा लाग्ने कलाकारको अभिनय भएको विश्लेषण गरिएको छ ।