नुवाकोटमा रानु निरौलाको धमाका

Vianet

काठमाडौं, १४ माघ । २८५४औं सोनाम ल्होछारको अवसरमा नुवाकोट तारकेश्वरस्थित गुर्जा मेन्दो युवा क्लवले शनिवार विशेष कार्यक्रमसहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

Vianet

कार्यक्रममा चर्चित गायिका रानु निरौलाको बेजोड प्रस्तुतिले कार्यक्रम स्थलमा रहेका स्थानीयहरुले भरपुर रुपमा मनोरञ्जन लिएका थिए भने उक्त कार्यक्रममा निरौलाको प्रस्तुतिले कार्यक्रम स्थलमा छुट्टै रौनकता छाएको थियो ।

‘ब्रेक फेल’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी रानुको अहिलेसम्म ७ वटा म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भइसकेको छ । अब्बल गायकीका कारण छोटो समयमै चर्चा कमाउन सफल उनी गायिकामात्रै नभएर शब्द÷संगीत रचना पनि गर्छिन् ।

हजारौंको संख्यामा सहभागी रहेका स्थानिय कार्यक्रममा काठमाडौंबाट राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष तथा स्थानीय समाजसेवी शिव अधिकारीको नेतृत्वमा टुर्गानका उपाध्यक्ष थानेश्वर देवकोटा, समाजसेवी माधव प्रकाश सुवेदी, चर्चित गायिका रानु निरौला र स्थानीय समाजसेवी मोतीराम ढकाललगायतको टोली उक्त कार्यक्रममा उपस्थिति भएको थियो ।

त्यस्तै कार्यक्रममा अधिकारीले विविध जातजाति, भाषभाषिको कला संस्कृतिको जगेर्ना गर्नको लागि आफ्नो सहयोग निरन्तर रहने बताउँदै यसलाई एउटा उत्सवकै रुपमा विकास गरिनुपर्ने बताए ।

उनले स्थानीय क्लव तथा सामुदायिक भवन निर्माणको लागि पनि आफ्नो पहल रहिरहने बताए । सो कार्यक्रममा स्थानीय भेषभुषा झल्किने सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री