काठमाडौं, माघ १६ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् ।
बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र मिलाइएपछि दरबारमार्गका डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी छानबिनमा तानिएका हुन् । इन्सपेक्टर ठकुरीलाई नियन्त्रणमै लिएर गणमा राखी छानबिन थालिएको स्रोत बताउँछ।
बलात्कारलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबार मार्ग पुगे पनि प्रहरीले मिलापत्र गराएको थियो । बलात्कारको घटना सामान्य मिलापत्रमा मिलाएको भन्दै उनीहरुलाई प्रहरी हेर्डक्वार्टरकामहानगरी प्रहरी परिसरका एसपी रामदत्त जोशीको संयोजकमा घटनाबारे सोधपुछ गर्न लागेको हो ।
सामान्य मिलापत्रमा बलात्कारजस्तो मामला मिलाइएको सार्वजनिक भएसँगै महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।
स्रोतका अनुसार युवतीलाई ३० लाख रुपैयाँ दिने सर्तमा उजुरी नगर्न फकाइएको थियो । बिहिबार बेलुका युवती आफ्ना एक केटा साथीसँग कमलादीस्थित ल्याण्डमार्क होटलमा गएकोमा अन्य तीन जनाले मदिरा पिएर उनलाई बलात्कार गरेका थिए ।
साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले बिहिबार राती सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ट्याक्सी ड्राइभरलाई आग्रह गरेकी थिइन् ।
Leave a Reply