गोरखा, माघ १७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको बैठक ताक्लुङको सिँजाली माविमा सम्पन्न भएको छ ।
जिल्ला सेक्रेटरी गोपाल पाण्डेको अध्यक्षतामा तथा व्युरो प्रमुख सावित्री दुराको प्रमुख आतिथ्यमा भएको बैठकमा तीन महिने जनजागरण अभियान कार्यक्रम तीब्रताका साथ संचालन गर्ने निर्णय भएको संयोजक पाण्डेले जानकारी दिए ।
साथै संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय पनि भएको उनले बताए । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग पार्टी एकीकरण चलिरहेकाले जिल्लाका गतिविधि पनि संयुक्त रूपमा अघि बढाउने निर्णय भएको उनले बताए ।
दुई पार्टीले फागुन १ मा जनयुद्ध दिवस संयुक्त रूपमा मनाउने निर्णय गरेको जनाइएको छ । भित्तेलेखनलगायतका प्रचार प्रसार अभियानलाई तीब्रता दिने पनि बैठकले निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।
Leave a Reply