फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित

२०७४ माघ २४ बुधवार
NewsDesk ShikharNews

काठमाडौं, माघ २४ । राष्ट्रिय युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष फणिराज (राजुमणी) लोहनी एकृकीत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को केन्द्रिय सदस्य भएका छन् । युवा नेता लोहनीलाई एकृकीत राष्ट्रिय प्रजातन्त्र पार्टी ( राष्ट्रवादी) ले केन्द्रिय सदस्य पदमा मनोनयन गरेको हो ।

गत आइतबार सम्पन्न भएको राप्रपा राष्ट्रवादीको केन्द्रिय समितिको बैठकले युवा नेता फणिराजलाई राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनयन गरेहो हो ।

राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनयन भएपछि फणिराज लोहनीले भने, ‘राष्ट्रिय युवा शक्तिको आवहान भ्रष्ट्राचारमुक्त समृद्ध नेपाल हाम्रो अभियान’ भन्ने मुल मन्त्रलाई थप ससक्त बनाउने कार्यमा जोड दिन्छु ।

उनले ७७ जिल्ला एवं सातवटै प्रदेशका युवा सक्तिमा आबद्ध साथीहरुलाई आह्वान गर्दछु भन्दै अब आफूले राप्रपा राष्ट्रवादीको गरिमालाई थप उचाइमा पु¥याउने कार्यमा निकै कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाए ।

उनले राप्रपा राष्ट्रवादीले गरेका हरेक गतिविधीलाई युवाशक्तिमार्फत जनताका हरेक घर दैलोमा पु¥याउने लक्ष्य रहेको बताए ।

विगत लामो समयदेखि नुवाकोटको राजनीति र सामाजिक कार्यमा सक्रिय फणिराजलाई राप्रपा राष्ट्रवादीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीको केन्द्रिय सदस्य पदमा मनोनयन भएकोमा बधाई दिएका थिए ।