काठमाडौं, फागुन ५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकताका राख्ने काम बारेको खाका तयार पारेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले सुशासन, विकासलगायत विषयलाई प्राथमिकतामा राखेर खाका तयार पारेको हो ।
देउवा सरकारले चुनावपछि गरेका विवादास्पद निर्णय खारेज गरी आफ्नो काम थाल्नुपर्ने सुझाव सहित कार्यदलले योजनाको खाका तयार पारेको छ ।
देउवा सरकारले गरेका निर्वाचन पछाडीका जतिपनि निर्णयहरु छन्, त्यसको आवश्यक पुर्नविचार गरी मात्रै कार्यान्वयनमा ल्याउन समेत कार्यदलले सुझाएको छ ।
सार्वजनिक खरिद ऐनको प्रक्रिया छोट्याउनुपर्ने, सहकारीको अधिकार बढाउनुपर्ने, सबै प्रदेशमा औधोगिक क्षेत्र बनाउने, तराई मधेसमा विशेष रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने, ठूला योजनालाई प्राथमिकता दिने, वैकल्पिक उर्जा प्रवद्र्धनको कामलाई अघि बढाउने लगायत विषयमा सरकारले प्राथमिकता दिनुपर्ने कार्यदलको सुझाव छ ।
Leave a Reply