Unlocking the Full Potential of Driver Booster 11 Pro Through Cracking Techniques
२०८१ कात्तिक १७ शनिवार
काठमाडौं,९ फागुन । गत सोमबार राति पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर गरेका एमाले र माओवादीलाई चीनले बधाई दिँदै पार्टीको एकताको समेत स्वागत गरेको छ ।
साथै चीनले एकीकृत पार्टीको नेतृत्वमा बन्ने सरकारमार्फत नेपालमा सहयोग उल्लेख्य मात्रामा बृद्धि गर्ने समेत जनाएको छ ।
दुई पार्टीका बीचमा भएको ऐतिहासिक सहमतिको भोलिपल्ट नै चीनले सकारात्मक रुपमा लिँदै स्वागत गरेको हो । चिनियाँ राष्ट्रपति सि झिनपिङको स्वागत सन्देश हाल नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री ग्वु येझाऊले माओवादी केन्द्रका अध्यक्ष तथा नयाँ बन्ने एकीकृत पार्टीका आलोपालो अध्यक्ष प्रचण्डसँग मंगलवार विहान भेट गरी हस्तान्तरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बुद्धको मूर्तिले भरिएको कोठामा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रचण्डले दुई पार्टीबीचको एकता ऐतिहासिक घटना भएको भन्दै यसले मुलुकमा विकास र समृद्धि हासिल गर्न सम्भव भएको सन्देश बेईजिङलाई पठाएका छन् । भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक विकासमार्फत समाजवादको लामो यात्रामा जाने प्रतिबद्धता स्वरुप पार्टी एकता भएको सन्देश समेत दिएका छन् ।
भेटका अवसरमा चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै एमाले र माओवादीबीचको एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताएको जानकारी प्रचण्डले सचिवालयले दिएको छ । चिनियाँ उपविदेशमन्त्री येझाऊले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता भेटका अवसरमा एकतापछि बन्ने पार्टीका अध्यक्ष तथा वर्तमान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समक्ष व्यक्त गरेको जनाइएको छ ।
नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पु¥याउँदै आएको आगामी दिनमा सहयोगलाई निरन्तरता दिँदै भविष्यमा गरिने सहयोग बृद्धि गरिने चीनले प्रष्ट पारेको छ ।
भेटका अवसरमा चिनियाँ उपमन्त्री येझाऊले एकतापछि बन्ने पार्टीका अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेख्नुभएको पुस्तक ‘द गभर्नेन्स अफ चाइना–२’ हस्तान्तरण गरेका थिए ।
त्यसो त तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौंमा आईपुगेका येझाऊ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग समेत भेटवार्ता गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येझाउ बुधबार स्वदेश फर्केका छन् ।