राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
२०८१ कात्तिक २१ बुधवार
दाङ, ९ फागुन । दाङको घोराहीमा देशभरका २ सय ५० बादी महिलाहरु भेला भएका छन् । उनीहरु “बादी महिलाको पुनःस्थापना आजको आवश्यकता, राज्यको हरेक निकायमा समान सहभागिता” भन्ने मूल नाराका साथ दाङमा शुरु भएको पाँचौ राष्ट्रिय सम्मेलनका लागि त्यसरी जम्मा भएका हुन् ।
बादी महिलाहरुको पाँचौं राष्ट्रिय सम्मेलनको उदघाटन ५ नं. प्रदेश सभामुख पूर्णबहादुर घर्तीमगरले गरेका छन् । सभामुख घर्तीले अब जातका आधारमा कसैलाई भेदभाव बताएका छन् । उनले मुलुकमा संघीय गणतन्त्र स्थापना गर्नमा बादी समुदायको उल्लेख्य भूमिका रहेको स्मरण गर्दै सभामुख घर्तीमगरले गणतान्त्रिक राज्यमा जातकै आधारमा कसैलाई पनि उचनीचको व्यवहार नहुने विश्वास दिलाए ।
विशिष्ट अतिथि प्रदेशसभा सदस्य दामा शर्माले कानुनी रुपमा जातीय छुवाछूत अन्त्य भए पनि सामाजिक रुपमा अझै अन्त्य नभएको बताइन् । शर्माले बादी समुदाय आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेको बताउँदै प्रदेशको नीति नियम बनाउँदा बादी समुदायको पक्षमा निर्माण गरिने उल्लेख गरिन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य धमकली चौधरी, बादी समुदाय उत्थान विकास समितिका पूर्वउपाध्यक्ष पुष्प बादी, बर्तमान कार्यकारी निर्देशक महेश नेपाली, निर्मला केसी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, माओवादी केन्द्रका संयोजक सुवास पुन, राजमोका रेशम बीसी, घोराही नगरपालिकाका मेयर नरुलाल चौधरी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, हरप्लेसका विनोद केसी, जिल्ला बारका अध्यक्ष प्रदीप गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।