New from Nepal

राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने

काठमाडौं, २६ फागुन- राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ ।

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए । राष्ट्रपति भण्डारी र कांग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनको प्रतिष्पर्धी छन् । रासस

2 comments
Anj Rai

ज​न्ता ले देश ब​नाउन​ बाम ग​ठ्ब​न्ध​न लाइ जिम्मेवारि दियेको छ​, स​स​फो स​म्म​ लाइ स​र​कार मा लेउनु ठिक हो, त​र​ यो भार​त को झ​न्डा बोक्ने, हिन्दि राश्ट्रिय​ भाशा ब​नाउन​ खोज्ने पार्टि लाइ स​र्कार मा लेउनु कति ठिक होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *