इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला

२०७५ जेठ १२ शनिवार
Newsdesk Shikharnews

एजेन्सी । इस्लाम धर्मालम्बीहरुको बाहुल्यता रहेको इराकमा कम्युनिष्ट सरकार बनेको छ । इराकको राजधानी बगदादमा पहिलो पटक कम्युनिष्ट नेतृत्वमा सरकार बनेको हो । पहिलो पटक कम्युनिष्ट सरकार बनेसँगै कम्युनिष्टका समर्थक नेता तथा कार्यकर्ताहरु झण्डा बोकेर सडकमा ओर्लिएकाे बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सधै बुर्कामा देखिने महिलाले कम्युनिष्ट सरकारको विजय जुलुसमा कम्युनिष्ट पार्टीको हसिया हथौता अङ्कित रातो झण्डा शरीरमा बेरेर सहभागि भएका थिए । यसका साथै बगदादमा पहिलो पटक क्रान्तिकारी गीत समेत बजाइएको समाचारमा जनाइएको छ ।