ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली

२०७५ जेठ १७ बिहीवार
Newsdesk Shikharnews

-विजय तिमिल्सिना

काठमाडौका सडक जताततै बिग्रीएका समाचार दिनदिनै प्रकाशनमा आउँछन् । सडक धुलो भयो, हिलो भयो, खाल्डा खुल्डी भयो, साँघुरो भयो आदि इत्यादी समाचारले छापा देखि डिजिटल मिडिया सम्म स्थान पाउँछन् ।

स्थानीय निकाय, सडक विभाग, नगरपालिका, विभिन्न आयोजना, खानेपानी लिमीटेड आदीबाट भएका टेण्डर हुन् या उपभोक्ता सहभागीतामा भएका कुनै पनि सडक निर्माणसँग सम्बन्धित निर्माण कार्य ठेकेदारको मातहतमा सम्पन्न हुने गर्दछ ।  सम्बन्धित ठेकेदारले समयमा काम गरेन र काम सम्पन्न हुन सकेन भन्ने आरोप ठेकेदारलाई लाग्ने गर्दछ । यसलाई आधार बनाएर ठेकेदारलाई दोस देखाउँदै स्थानीय, सम्बन्धित कार्यालय पञ्छिन खोज्छन् र समाचारहरु पनि ‘ठेकेदारको लापरवाहीले समयमा काम सम्पन्न नहुँदा जनतालाई सास्ती’ जस्ता हेडलाईनमा समाचार छापिन्छन् ।

सम्पूर्ण दोस ठेकेदारलाई थुपारेका समाचारले गृह मन्त्रालयलाई झकझकाएर पनि होला गृहमन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाहि गर्ने, जेल हाल्ने सम्मको निर्णय ग¥यो र एक दुई जना ठेकेदारलाई प्रहरी प्रशासनले नियन्त्रणमा लियाे, सम्झायो र छोड्यो पनि । तर किन समयमा काम नभएको रहेछ त ? भन्ने विषयमा जनतालाई जानकारी दिने खालका कुनै पनि समाचार बनेनन् या यो विषयमा जानकारी गराई रहनुपर्छ भन्ने सरकारलाई लागेन ।

ठेक्का प्रणाली ठेकेदार कम्पनीका क्वालिफिकेसन माग आदिका कारण नेपालको ठेक्का नीतिमा सिन्डिकेट छ । सरकारी कर्मचारी र केहि ठुला ठेकेदारहरूकाे ५ तारे हाेटेलकाे मिटिङले ठेक्काका सुचना प्रकाशनमा अाउने गर्दछन ।यसरी  ठूला कम्पनीलाई ध्यानमा राखी खुलेका ठेक्कामा सिन्डिकेट लागु हुनेगर्छ । कुनै सरकारी कार्यालयले ठेक्काका लागि आवेदन खोल्छ, त्यही आवेदनमा उल्लेख विवरणले नै ठेक्का प्रणालीमा सिन्डिकेट लगाएको छ भन्ने सरकारले बुझेर पनि नबुझेझै गर्छ । क्वालिफाइड सीमीत ठेकेदार कम्पनीले मात्र उक्त काम गर्न सक्ने खालको आवेदन अनुसार नै सिमित ठेकेदार कम्पनी मध्ये एकले उक्त ठेक्का पाउँछ ।

यसरी हेर्दा ठेक्का आवेदन खोल्ने कार्यालय र ठेकेदार कम्पनीको सहमतिमा कार्यआदेश पाउने गर्दछन् । आयोजनाको स्तर हेरेर निश्चित समय अवधि भित्र काम सम्पन्न गर्न कार्यआदेश पाएको मिति देखि नै काम सुरु हुने हो भने काम सम्पन्न हुन तोकिएको समय अवधी अगावै काम सम्पन्न गर्न सक्ने हैसीयतवाला कम्पनीले ठेक्का पारेका हुन्छन् । तर काम समयमा सम्पन्न गर्नुभन्दा म्याद थप गराउँदै समयलाई लम्ब्याउन तिर ठेकेदार लाग्छन। कारण, कार्यादेश पछि पाईने नियम अनुसारको केही प्रतिशत मुविलाइजेसन ।

मुभिलाइजेसन लिए  लगत्तै ठेकेदारले काम सुरु गर्नुपर्ने हो । तर आयोजनामा दुई चार जना कामदार र केही र्इक्युपमेन्ट पठाएर अफिसबाट लिएको पैसा ठेकेदार अन्य क्षेत्रमा लगानी गर्न थाल्छ । विशेष गरी घर जग्गामा लगानी गरी फेरी त्यही घर जग्गालाई धितो पास गरी विक-वण्ड बनाएर फेरी अर्को ठेक्का पार्न दौडिन्छ । यसरी एउटा आयोजना सम्पन्न गर्न लिएको एडभान्सले ठेकेदार आफ्नो सम्पत्ती जोड्न थालेपछि समयमा कसरी काम सम्पन्न हुन्छ ? ठूला ठेकेदारलाई दिईने २० प्रतिशत एडभान्स उक्त काममा लगानी भैदिने हो र काम प्रति इमान्दारीता देखाउने हो भने काम समयमा सम्पन्न हुन्छ । देशै भरीका ठूला आयोजना समयमा सम्पन्न हुन नसक्नुका विविध कारण मध्ये प्रमुख कारण यही नै हो । ठेकेदार सिरीयस भएर आफ्नो काममा इमान्दारीता देखाई दिँदा मात्रै पनि समयमा काम सम्पन्न हुन सक्छ ।

अब आयो सम्बन्धित कार्यालय र र्इन्जीनियरले ठेकेदार माथि खेल्ने रोलको कुरा । आयोजना सुरु गराउन सम्बन्धित कार्यालयले पनि त्यति चासो दिँदैन । किन चासो नदिएका होलान ? कार्यालयलाई समयमा काम सम्पन्न हुँदा केके वेफाईदा छन?  यस विषयमा एउटै खेल कमीसनको रहेको हुन्छ । कुनै पनि आयोजनाको आयोजना प्रमुख देखि साइड इन्जिनियर सम्म कमीसनको खेलमा लाग्छन् । आयोजनाबाट आउने सम्भावित फाइदा प्रति कर्मचारीको आँखा लाग्नु अर्को कारणले गर्दा ठेकेदार प्रति आश्रीत भएर कर्मचारीले आयोजना ढिलो गराउन सहयोग पु¥या{इरहेको हुन्छ ।

त्यसै गरी स्थानीय नेताको पनि ठेकेदार प्रति ठूलो आँखा लाग्छ । सुरुमा काम गर्न सहयोगीको भूमिकाको गफ बाेकेर आएको स्थानीय नेता पछि ठेकेदारसँग मिलेर आफ्नो दुनो सोझ्याउन व्यस्त हुन्छ । उसलाई पनि समयमा काम सम्पन्न होेस नहोस त्यो सँग सरोकार हुन्न । मात्र आफ्नो कमीसन तिर ध्यान हुन्छ ।

काठमाडौं उपत्यकामा बिगत तीन चरा वर्ष देखी राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानिपानी आयोजना,सडक बिस्तार आयोजना लगायतका निर्माण कार्य हुँदैछन । उपत्यकाका ठाउँ ठाउँमा पाइप बिछ्याउने काम भैरहेको सर्व बिदितै छ । खानेपानीको पाईप बिछ्याउने नाममा पटक पटक सडक खान्ने र पुर्ने काम हुँदा सडकको हालत दयनिय भएको छ । पाईप बिछ्याउने र बिछ्याइएकाे पाइपमा प्रेसर टेष्ट गर्ने नाममा यसरी पटक पटक सडक खन्ने र पुर्ने काम भैरहदा सडक निर्माणले गती लिन सकिरहेको छैन । यदी क्वालिफाईड निर्माण कम्पनी छानेर काम लगायको मेलल्म्ची खानेपानी आयोजना र यसका प्रमुख आँफैले सोच्नु पर्ने हो कि कस्तो निर्माण कम्पनीलाई कामको जिम्मेवेरी दीइएछ भनेर । कमिसनमा सेटिङ गरेर आफ्नो खल्ती भर्ने मात्र काम गर्नेकी साँच्चै गुणस्तरीय काम समयमै सकेर जनतालाई राहात दिने ? ठेकेदार कम्पनीले आफुलाई मात्रै नाफा निकाल्ने कि उपत्यकाको यत्रो गौरवशाली प्रोजेट समयमै सम्पन्न गरेर नाम पनि कमाउने ?

कलंकी-थानकोट सडक बिस्तार आयोजना, त्रिपुरेश्वर- कलन्की सडक बिस्तार आयोजना, चावहिल-शाँखु सडक बिस्तार आयोजना, खोला करिडोरका आयोजना लगायतका काठमाडौंमा चलिरहेका ठुला ठुला निर्माण आयोजनामा बिस्तारित सडक मापदण्ड विपरित उत्रिएका पीडित स्थानिय आवाजले पनि सडक बिस्तार निर्माणका काम समयमै हुन सकेका छैनन् । यसमा दाेस सरकारको कि स्थानियको ?

कुनै पनि निर्माण आयोजना समयमा सम्पन्न हुन सरकार,ठेकेदार,स्थानिय,नेता जनता सबैले सामुहिक मुद्दा  बनाएर काम थाल्ने हो भने ‘दिन रात हुन्छ रात दिन हुन्छ ।’