सरकारी जागिर खाएर कसैकाे सुराकी बन्नु भन्दा त व्यापार नै गरौँ कि ?

२०७५ जेठ २० आइतवार
Newsdesk Shikharnews

-विजय तिमिल्सिना

तिम्रो बिहानको चिया पसलको मिटिङ सकियो ? छिट्टो घर आउ मेरो अफिस जाने बेला भयो । ल ल बिस्तारै बोलन । आँए ।

गोरेको टिमलाई पनि त्यती लाज नहुँदो हो,श्रीमतीको कमाई खान परे पछी लज्जित हुनुपर्दो रहेछ । मन मनै सोचे अब केही काम नगरी भएन । आफु काममा लागेर बुढीको कोख भर्न ढिलो भैसक्यो । बुढीका पनि अनगिन्ती रहर होलान । ति रहरलाई काठमाडौंको मेनोरेल बनाइदिए भने मलाई पाप लाग्नेछ ।

कुकरको बिर्को खोले चिसो भात मलाई पर्खि बसेको थियो बन्दागाेभी साथमा । ग्यास लाइटर प्याट्ट पारेर कराई बसाले अनी तातो बन्दागाेभीको झोलले चिसो भात डुबाएर सुरुप्प सुरुप्प पार्दै पैसो कमाउने उपाय सँग पौडिदै भोक मारे ।

सन्दिप लामिछानेको बलिङ जस्तै गरी दिनभरी दिमागमा स्पिडमा कुरा खेली रहे । पैसा कमाउने सरल उपाय सोच्दै गणेशले शिव पार्वतीलाई फन्काे मारेझै टि-टेबुललाई १०अाैँ पल्ट फन्को मारे कुनै सरल उपाय निस्कियन । खाली प्लटिङको चाराआने सपना अनी एउटा तीन कोठे बङगलाको मात्रै कल्पना भयो । कास कमाउने उपाय नफुरेनी घडेरी र घरको सपना त देख्ने सहास जुट्यो केरुङ काठमाडौं रेल जस्तै ।

कोठा चुरोटको धुँवाले गुम्सी सकेको थियो । चुरोट नछोड ठिकै छ तर कोठा भित्र खान छोड भन्दै बुढी झर्केको याद आयो । कोठाका सबै झ्याल,ढोका खोली पंखा घुमाई दिए । एक छीन पछी बुढी पनि आइपुगीन ।

हेर चुरोट गनाएको । तिमीलाई कोठा भित्र चुरोट नखाउ भनेको होइन । कती सम्झाउनु तिमीलाई मत हैरान भैसके ।

लागेको बानी बिर्सियर खाईहालेछु,भोली देखी खान्न ।

तिम्रो भोली र सरकारको बोली एउटै हो । कहिल्यै पुरा नहुने आवश्वासन दिएर कती दिन झुकाउछौ ?

अब तिमी चिन्ता नगर म पनि अब पैसा कमाउछु । तिमीले घर बसेर घर समाल्ने दिन छिट्टै आउँदैछ ।

पैसा कमाउने के काम सोच्यौ नि ? सरकारी जागिर खान लाग्यौ कि गोरेको धन्दा समाल्ने तिर बिचर पुर्यायौ ?

ह्या नजिस्किउ न । साच्चै बरु तिमी सँग पो कुनै पैसो कमाउने सरल उपाय छ कि? बरु सेयर गरन । अब साच्चै म मेहेनत गर्छु । टन्न पैसो कमायर तिमीलाई मामु भन्ने बातावरण बनाउछु ।

हेर पैसा कती कमाउने सोच छ तिम्रो त्यो त मलाई थाहा छैन । सानो खुर्जा पसल थाप्ने नि ठुलो होल्सेल । सोच राख्नु पर्छ । डाक्टार पढेकाले अस्पताल पसल थापेका छन । मास्टरले स्कुल,कलेज पसल थापेका छ्न । तिमी डाक्टर त होइनौ नै तर मास्टर बन्ने तिम्रो चाहान पनि छैन ।दैनिकी धान्ने सम्मका अनकौ उपायहरु छन । थोरै पैसामा तिम्रो आँखा पनि लाग्दैन । अब यस्तो अवस्थामा तिमी के काम गर्छौ त ?

खै तिमीले भने जस्तै मेरा मनमा पनि दिनभरी कुरा खेली रहे । जसरी भए पनि पैसो कमाउनु छ । घडेरी किन्नु छ अनी घर पनि बनाउनु छ । तर अहिले सम्म पैसो कमाउने मेसो भने पाएको छैन । सरकारी जागिर खाएर गोरेका सुराकी बन्नु भन्दा त व्यपार नै गरौ कि जस्तो पनि लाग्छ तर के गर्नु सरकारले जस्तो ऋण र अनुदानको बजेट सुनायर मात्रै बजारले पत्याउदैन । प्राइभेट जागिर खाउ जागिर भन्दा बढी साहुको गाली खानु पर्छ त्यो तिमीले भोगेकै छौ ।

ल आउ बुढा आज हामी सँगै मिलेर खाना बनाउँ । अनी एक अर्कालाई पस्किदै खान खाउ । मिलेरै जुठा भाडा पनि टल्काउ । तिम्रो क्षेमताले जे काम पाउछौ तिमी भोली देखी नै काम गर्न सुरु गर । जती कमार्इन्छ त्यस्को केही प्रतिशत बचत गर्ने बानी बसालौँ। अलीकती बजेट जम्मा भएपछी तिम्लाई बाबा भन्नेलाई बोलाउला । अहिले कङगाल अवस्थामा देशले प्रदेशको स्थापना गरेको जस्तो गल्ती हामी नगरौ ।