समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !




२०७५ जेठ २९ मंगलवार
Newsdesk Shikharnews

ट्रान्सपरेन्सी ईन्टरनेशनले गरेको परिभाषा अनुसार
‘भ्रष्टाचार भन्नाले सार्बजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनितीक वा सरकारी अधिकृतले आफुलाई सुम्पिएको अख्तियारी र शक्तिको दुरुपयोग गरि कुनै पनि ब्याक्ती वा सम्बद्ध ब्याक्तीहरुको निजि फाइदाको लागी गर्ने गैरकानुनी ब्यवहार हो  ।’

नेपालको सन्दर्भमा मात्र नभएर बिश्वापरिवेशलाई हेर्दा पनि भ्रष्टाचारलाई अर्थिक हिनामिनासंग जोडेर ब्याख्या विशलेषण गरेको पाइन्छ ।वास्तवमा भ्रष्टाचार विविध प्रकारको भए पनि त्यस्को प्रत्यक्ष अनि अप्रत्यक्ष असर अर्थतन्त्रसंग पर्ने भएकोले अर्थिक भ्रष्टाचारले नै व्यापकता पाएको देखिन्छ ।

तर बर्तमान परिप्रेक्ष्यमा भ्रष्टाचारलाई अर्थिक भ्रष्टाचारको रूपमा मात्र ब्याख्या विशलेषण नगरेर अर्थिक भ्रष्टाचार संगसंगै नितिगत भ्रष्टाचार , सामाजिक भ्रष्टाचार ,राजनीति भ्रष्टाचार लाई पनि गम्भीरताका साथ हेर्ने गरिन्छ ।

गलत मनसाय बाट अभिप्रेरित भई स्वार्थ-पुर्तिको निम्ति शक्ति अनि पदको दुरुपयोग गर्दै गरिने अार्थिक हिनामिना मात्र भ्रष्टाचार नभएर सत्ता ,शक्ति अनि पदको आडमा गरिने राजनिती हस्तक्षेप नाताबाद अनि कृपाबादको आधारमा गरिने विभेदको कारणबाट नागरीक आफ्नो स्वतन्त्रताबाट बिमुख हुनपर्ने अर्थात राज्यले उपलब्ध गराएको सेवा सुबिधा बाट बन्चित हुनपर्ने सबैखाले क्रियाकलाप भ्रस्टाचार नै हो।

हाम्रो मुलुकमा निजि क्षेत्र लगायत सर्बजनिक क्षेत्रमा सर्बत्र रूपमा जताततै भ्रष्टाचार ब्याप्त देखिन्छ ।सवारी साधनमा यातायात ब्याबासायीहरुले मनपरी भाडा असुल गर्नु देखी लिएर ब्यापारीले एकै प्रकारको एउटै गुणस्तरको समानमा ब्यक्ति पिछे पसल पिछे फरक फरक मुल्य लिनु ,औषधि अनि पाठ्यपुस्तक जस्तो मुल्य तय भएर आएको बस्तुमा समेत मनलाग्दी मूल्य असुली गर्नु मेनपावर ब्याबासायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारलाई लागतको कयौं गुणा रकम तिर्न बाध्य पर्नु। स्कुलमा सेवा सुबिधाको नाममा चर्को खजना उठाउनु , कर्मचारीहरु कार्यालयमा समयमा उपस्थित नहुनु सेवाग्रहीहरु लाई लाइनको आधारमा अर्थात् टोकन प्रणालीको आधारमा सेवा नदिनु तोकेको समयसिमा भन्दा अतिरिक्त रकम सेवाग्राही बाट आशुली गर्नु , जनप्रतिनिधिहरु सत्तामा पुगेपछि प्रतिबद्धताहरु पुरा नगर्नु आम नागरिको मतको कदर नगर्नु जस्ता सबैखाले क्रियाकलाप भ्रस्टाचार नै हो।

सरकारी क्षेत्रको समेत हरेक निकायमा माथीदेखी तल सम्म भ्रस्टाचार नहुने ठाँउ नै छैन हरेक ठाँउमा अदृश्य सम्मयंत्रले काम गरेकै छ । शिक्षा क्षेत्रमा ,स्वास्थ क्षेत्रमा, उद्योग बाणिज्यको क्षेत्रमा , यातायातको क्षेत्रमा अर्थतन्त्र तहसनहस हुनेगरी सृन्खलाबद्द हुने नितिगत भ्रष्टाचारको भने लेखाजोखा नै छैन।
अर्कोतिर गैरसरकारी संघसस्थाले गर्ने क्रियाकलापमा भने भ्रस्टाचार नियन्त्रण गर्ने निकायको पहुँच पुग्न नै सकेको छैन दुई चार वटा सस्तो लोकप्रियताको कामहरु देखएर करोडौं रुपैयाको चलखेल हुनेगरेका गैरसरकारी संघसस्था पनि भ्रष्टाचार नियन्त्रण गर्ने निकायको निगारनीमा हुन नितान्त जरुरी हुन्छ ।

सुडान घोटाला , एनसेलको लाभकर छली प्रकरण , कर फर्छ्यौट आयोग मर्फत गरिएको अर्बौं रुपैयाँको कर मिनाहा हालचालै बजार तातिरहेको सुन प्रकरण जस्तो मुलुकको अर्थतन्त्र चकनाचुर पार्ने सृङखलाबद्ध भ्रष्टाचार केहि दृषटान्त मात्र हो।

पछिल्लो समयमा देखिएको स्थानीय तहमा प्रमुख पदहरुमा पुरुष प्रतिनिधिको हाभी हुनु महिलालाई सतप्रतिशत समानुपातिक बाट मात्र परिपुर्ति गराइनु समानुपातिक भित्र पनि योगदान र बरियताले स्थान नपाउनु नातावाद र कृपावाद जस्तो कुराहरूले प्राथमिकता पाउनु परिणामस्वरूप आरक्षक कोटाहरुमा समेत वास्तविक अनुहारहरु ओझेलमा पर्नु जस्तो अप्रजातान्त्रिक ,अलोकतान्त्रिक क्रियाकलाप लाई राजनितीक भ्रष्टाचारको एउटा दृष्टान्तको रूपमा लिन सकिन्छ।

भ्रष्टाचार विरुद्ध वाकलत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रानसपरेन्सी ईन्टरनेशनको प्रतिबेदनअनुसार दक्षिण एसियायी मुलुकहरूमा सबैभन्दा धेरै भ्रष्टाचार हुने अबगानिस्थान र बाङ्लादेश पछीको नेपाल तेस्रो धेरै भ्रष्टाचारी हुने मुलुक हो भनेर प्रष्ट नै छ। हामी नेपाली इमानदारी नैतिकवान भनेर जतिसुकै बयान ब्याख्या गरेपनि बिस्वको नजरमा प्रतिबेदन लाई आधार मान्ने हो भने त्यति संतोषजनक भने छैन । ब्यक्तिगत हिसाबमा हामी सबै खराब आचरण भएको नैतिक पतन भएको छैनौं तर समग्रमा भन्नु पर्दा राज्य हाक्ने उच्च ओदाहामा बस्ने केहि ब्यक्तिहरुको कारणले नै समग्र नेपालीलाई भ्रष्टाचारी मुलुकको नागरिक बनाईदिएको छ ।

नचाहेर पनि हामी सम्पूर्ण नेपालीले स्वीकार गर्नु परेको यो तितो यथार्थता हो । विश्वको सबैभन्दा धेरै भ्रष्टाचारहुने मुलुक सोमालिया जस्तो मुलुकमा पनि सबै नगरीक भ्रष्टाचारी भने हैन तर मुलुकमा नै भ्रस्टाचार बडेपछी बिश्वाको नजरमा भ्रष्टाचारी मुलुकको को नागरिक भनेर चिनिनुको कारण पनि यहि हो । बिस्वको नजरमा सोमालिया जति धेरै भ्रष्टाचारी मुलुकमा दर्ज भएको छ दक्षिण एसियायी मुलुकमा नेपालको स्थिति त्यो भन्दा धेरै फरक चाहि छैन ।

यातायात भएको सिन्डिकेट हटाउन हालै गरिएको प्रयास पनि भ्रष्टाचारको अन्त्य गर्दै सदाचार अनि सभ्य समृद्ध समाज स्थापनाको लागी गरिएको उदाहरणका रूपमा लिन सकिन्छ तर सिन्डिकेट यातायातका क्षेत्रमा मात्र सिमित नभएर राज्याको हरेक क्षेत्रमा स्वस्थको क्षेत्रमा उद्योग तथा बाणिज्यको क्षेत्र लगायत सम्पुर्ण सार्बजनिक तथा निजि क्षेत्रहरूमा भएकोले उक्त क्षेत्रको समेत सिन्डिकेट निर्मुल गर्नु जरुरी छ। वास्तवमा सिन्डिकेटलाई नै भ्रष्टाचारको पर्याबाचीको रूपमा पनि लिने गरिन्छ ।भ्रष्टाचारको अन्त्य गर्न पहिलो प्राथमिकता नै राजनीति शुद्धता हुन जरुरी छ। किनभने राजनितीक नै राज्यको मस्तिष्क हो यदि मस्तिष्क नै सक्षम र सचेत भएन भने शरीरको अन्य अंगहरु स्वस्फूर्त अचेत हुनसक्छ तर बिडमबनाको कुरा हाम्रो मुलुकमा राजनिती नै सबैभन्दा धेरै भ्रष्टाचारको चङुलमा फसेको देखिन्छ।

अर्थतन्त्र अरुनै विविध कारणले पनि धाराशाही हुन सक्छ तर हरेक अवस्थामा नैतिकताको प्रश्न भने उठ्दैन प्रकृति प्रकोप महाबिपती जस्तै जुन २०७२ को महाभुकम्प भारतले गरेको अघोषित नाकाबन्दी लाई पनि लिन सकिन्छ । तर भ्रष्टाचारको कारणले अर्थतन्त्र गुमेको मुलुकमा नैतिकता प्रश्न पनि संगसंगै खडा हुन्छ । भ्रस्टाचारले देशको अर्थतन्त्र त तहसनहस हुन्छ नै त्यसको साथसाथै बिश्वामा भ्रष्टाचारी मुलुकको नगरिक लाई राम्रो छबि नभएको भ्रस्टाचारि मानशीकताले ग्रसित मुलुकको नागरिकको रूपमा चित्रण गरिन्छ। सामान्यतय भ्रष्टाचार धेरै हुने मुलुकमा चोरी डकैती धेरै हुने एकआपसमा बिश्वास कम हुने हरेक क्षेत्रमा नियम र कानुन भन्दा पनि पैसा, पहुँच, नातावाद जस्ता कुरामा बिश्वास गर्ने मनोबिज्ञानको बिकास भएको देखिन्छ। त्यसैको परिणामस्वरूप आज सभ्यताको दृस्ठिकोणमा धेरै भ्रष्ट हुने भ्रस्टाचारी मुलुक र कम भ्रष्टाचार हुने सदाचारी मुलुकको नागरिक लाई एउटै हैसियतमा हेरिदैन ।

कानूनी राज्यको स्थापाना नहुनू जन्ताप्रतिको जवाफदेही सरकार नहुनु अस्थिर राजनिती, राजनीतिमा नैतिक संकट , बेरोजगारीको ब्यापकता , सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु,नातावाद र कृपावाद जस्ता कुराको हाभी हुनु नागरिक शिक्षाको पहुँचमा नहुनु जसरी भए पनि सम्पति जोडनुपर्छ भन्ने गलत मानाशिकताको बिकास नै भ्रस्टाचार लाई प्रोत्साहन गर्ने कारक तत्वको रुपमा देखिन्छ ।

नेपालमा कानुनको अभावमा अर्थात् भ्रष्टाचार नियन्त्रण गर्ने निकायको अभावमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन भएको चाहि हैन । भएको कानुन कार्यान्वयन नहुनु संबैधानिक निकायहरु समेत स्वतन्त्र नहुनु भ्रस्टाचार नियन्त्रण गर्ने निकाय पनि निकम्मा हुनु । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय नै भ्रष्टाचारी हरुको आखडा बाट अछुतो हुन नसक्नुले ठुला भ्रष्टाचारी हरुलाई कारबाहीको दायारामा ल्याउन असक्षम हुनु सानो भ्रष्टाचारी हरु लाई मात्र कार्वाही गरेर सस्तो लोकप्रियतामा रमाउनु जस्तो कुराहरुले नै भ्रष्टाचारलाई मलजल पुगिरहेको छ ।

ब्यक्ति जन्मिदै गलत हुदैन भ्रष्टाचारी भएर पनि जन्मिदैन तर हुर्किने वातावरण अनि सस्कारले भने जीवनको उत्तार्द सम्म फरक पर्छ नै । भ्रष्टाचारी मुलुकमा नगरीक जन्मि सकेपछि समग्रमा गलत वातावरण नैतिक रूपमा पतन भएको कुसंस्कार गलत समाजको हावापानीको प्रभावमा हुन्छ अन्तरिक वातावरणलाई हामी केहि नियन्त्रण गर्ने कोशिस गर्छौ तर ब्याहिया वातावरण लाई हामी सजिलै नियन्त्रण गर्न सक्दैनौं फलस्वरूप हुर्किदै गरेको बालबालिकामा बिस्तारै बिस्तारै भ्रष्टाचारी मनसिकताकको बिकास हुदै पनि गइरहेको हुन्छ । परिणामस्वरू भ्रष्टाचारी मुलुकको नगरीक भ्रष्टाचारी मानाशिकता बाट गुज्रिएको कारण नै उसको दैनिक क्रियाकलापमा यसको प्रभावहरु कहिँ न कहिँ कतै न कतै प्रतिबिम्बित हुन्छ नै । तर त्यस्को ठिक बिपरित सदाचरी मुलुको कुरा गर्ने हो भने बिधालयमा घरमा अनि बाहिय समाजमा अर्थात् राज्यामा नै कानुनको पालन गर्ने भएको उक्त मुलुकको नगरीकले समग्रमा कानुनलाई मिचेर केहि पनि गर्दैन । त्यसैले कानुनलाई नमिचनु कानुन को पालना गर्नु नै नैतिकवान हुनु हो। सदाचारी मुलुकको नागरिकमा कानुन भन्दा ठुलो पैसा र पद हैन भन्ने मानसिकता हुन्छ भने भ्रष्टाचारी मुलुकको नगरीकमा पैसा र पद भए कानुन मिचेर आफ्नु काम फत्ते गर्न पनि सकिन्छ भन्ने मानसिकताले डेरा जमाएको हुन्छ यो नै हो भ्रष्टाचारी मानसीकता हो।

भ्रष्टाचार अन्त्यको निम्ति तिन तहको सरकार नै केन्द्र सरकार, प्रदेश सरकार अनि स्थानीय सरकार साथै भ्रष्टाचार विरुद्धमा काम गर्ने सम्बन्धित निकाय लगायत सरोकारवाला सबै पक्षहरु संबेदनसिल हुन जरुरी छ भने जनस्तरमा पनि जनचेतनाको लागी प्रर्याप्त प्रभावकारी कार्यक्रमहरु सन्चालन गर्नु जरुरी छ ।

मानव शरीरको लागी क्यान्सर जति घातक हानिकारक रोग मानिन्छ ।भ्रष्टाचार अर्थिक बिकास अनि स्मृधीको लागी त्योभन्दा धेरै घातक मानिन्छ त्यसैले देशको अर्थिक बिकासको लागी भ्रस्टाचार रहित समृद्ध समाजको बिकास अपरिहार्य छ भने भ्रस्टाचार रहित समृद्ध समाज निर्माणको अनि बिकासको लागी पहिलो जिम्मेवार तपाईं अनि हामीमा नै हौ भन्ने तथ्य लाई पनि नकार्न सक्दैनौं । त्यसैले हामी जुन क्षेत्रमा कार्यरत छौं सोहि क्षेत्रहरुलाई भ्रस्टाचार रहित बनाउदै हरेक आफुले काम गर्ने ठाउँ समृद्ध र अब्बल बनाउदै जाने हो भने भ्रष्टाचार रहित सस्कारको सिर्जना सोही ठाउँबाट हुनसक्छ ।

जब ब्याक्तिमा नैतिकता ,निष्ठा , इमानदारीता गुम्दै जान्छ भ्रष्टाचारको सुरुवात त्यो बिन्दु बाट नै शुरुआत हुन्छ । यदि हामी आफैमा जवाफदेही हुन मात्र सकियो भने आफुले गरेको गल्तिमा अत्माआलोचना गर्ने बानिको बिकास मात्र गर्न सकियो भने भ्रष्टाचार रहित समाजको सृजना त्यस बिन्दुबाट हुदैछ भन्नुमा कुनै दुईमत हुदैन ।

आज बिस्वको कतिपय मुलुकहरूमा बिधालय तह देखी विस्वबिधालय तह सम्म नै भ्रस्टाचार बिरोधि शिक्षा लाई पाठ्यक्रममा नै समाबेश गरेर पठानपाठन गराईरहेको विशवपरिबेश लाई बुझेर सरकार अनि शिक्षाविदहरुले हाम्रो मुलुकमा पनि ढिलाई नगर्नु राम्रो हुन्छ ।

राज्या संचालको प्रणाली परिबर्तन संगै यसको प्रभाव स्थानीय स्थिरमा छ ।जनताले लिने सेवासुबिधामा परिवर्तनको प्रत्यक्ष अनुभुति मात्र हैन देश बिकाशको निम्ति कोसेढुंगा साबित हुन सक्छ भनेर नंया संविधान बाट निर्मित बर्तमन सरकारमा भरपर्नु भनेको नागरिकको सकारात्मक बिश्वास हो ।

तर रज्य संचालको प्रणाली परिबर्तन मात्र एक्लै बिकास अनि समृद्धिको निम्ति पर्याप्त भने हैन । राज्य संचालको प्रणालीमा आधारित जनप्रतिनिधिको प्रतिबद्धता अनुसारको काम अनि कर्मचारीको सहयोगी भवनना भ्रष्टाचार रहित समृद्ध समाजको बिकासको खातिर जनता आफै पनि राज्यको दायित्वमा सरिक हुन सक्नुपर्छ ।

त्यसैले बर्तमान परिप्रेक्ष्यमा भ्रस्टाचार लाई निर्मुल गर्न नेपालमा हाल बनेको नयाँ संविधानको नयाँ सम्रचना अनुसार बनेको् स्थानीय सरकारको महत्त्वपूर्ण भुमिका हुनु जरुरी छ । स्वतन्त्र अनि सुरक्षीत भ्रष्टाचार रहित वातावरणको सिर्जना गर्नुको निम्ति अपनाउनु पर्ने सबै बिधिहरु अपनाउन जरुरी छ । यदि हरेक स्थानीय स्थिरमा भ्रष्टाचार रहित स्वतन्त्र अनि सुरक्षित वातावरण को सिर्जना हुन्छ भने यसको प्रत्यक्ष प्रभाव सिङ्गो राष्ट्रमा पर्छ । भ्रष्टाचार रहित राष्ट्रमा दर्ज हुनु भनेको अर्थतन्त्रको पक्ष मजबुत हुन मात्र होईन । भ्रष्टाचार रहित देशको नागरिक हुनु भनेको बिस्वाको नजरमा नैतिकवान इमानदारी र अनुशासनको उच्च सम्मान गर्ने नागरिक भनेर चिनिनु पनि हो।

अब राजनिती क्रान्तिको अध्याय पुरा हुदैगरेको अनि अर्थिक क्रान्तिमा छलाङ मार्नको लागी समृद्धिको निम्ति भ्रस्टाचार नितान्त उन्मुलन हुन जरुरी छ । भ्रस्टाचारको निर्मुल नै समृद्धिको यात्रा हो ।
यदि भ्रष्टाचारको पाटोलाई बिर्सिएर अर्थात वास्ता नगरेर बिकास र समृद्धिको कुरा गर्नु भनेको चुने गाग्रोमा पानी भर्छु भन्नु सरह मात्र हो। त्यसैले
पानी भर्नु भन्दा अगाडि चुहिने गाग्रो पो टाल्ने हो की ?

लेखक: पासाङ तामाङ ( हाल यु ए ई)
[email protected]