समाजसेवी ममताको अमेरिकाबाट “धुवा” बोलको गित सार्वजनिक, भिडियो सहित




२०७५ जेठ ३० बुधवार
Newsdesk Shikharnews

शान्तिराज राई “वाम्बुले” काठमाडौं ।

समाजसेवी तथा मोडल, गितकार ममता राईको “धुवा” बोलको गित सार्वजनिक भएको छ । उक्त गित न्युयोर्कमा बस्दै आएकी ब्युटिसिएन ममता राईले लेखेकि हुन, उनको यो भन्दा पहिले पनि “ममता” नामक एल्बम सार्वजनिक भै सकेको छ ।’

अमेरिकामा रहेर पनि नेपालको विपत्ति देखि लगेर विभिन्न समयमा रोगिहरुलाई पनि सहयोग गर्दै आएकी ममता राईको “ममता जनहित फाउण्डेसन” पनि सञ्चालनमा छ । उक्त फाउन्डेसनले प्रत्येक बर्ष सोलुखुम्बुमा गरिब जेहेन्दार ५ जनालाई छात्रवृत्ति र समय समयमा वृद्ध बृद्दाहरुलाई लत्ताकपडाहरु र केही आर्थिक सहयोग पनि गर्दै आएको छ ।’

Image may contain: 8 people, including Yashoda Khaling Rai, people smiling, text

ममता आफैमा संघर्सिल र उर्जाशिल व्याक्तिवमा पर्छन । चम्किलो रातो तारा परिवार र चोमोलोङमा परिवार हुदै सामाना परिवारको केन्द्रिय कलाकार रुपमा समेत काम गरेसकेका ममताले जनवादी गित र अन्य गितमा समेत अभिनय गरेसकेका छन । उनले धेरै गितहरु कोरेको भएपनि आफू अलिक चुजी खालको भएको कमै गितहरु सार्वजनिक गर्ने गरेको हामीलाई बताए ।’

Image may contain: 25 people, people smiling, people standing and indoor

अहिलेको “उडि हराउने धुवा” मेघा स्टार गायक राजेशपायल राई र ममताले अमेरीकामा रेकर्ड गरेको हो । यस गीतमा दिप घतानीको संगीत रहेको छ । यस गीतलाई विशाल चौतारी मिडिया प्रा.लीबाट सार्वजनिक गरिएको हो ।’

Image may contain: 1 person, outdoor and closeup

सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । राजेश पालयलले भने ‘हामिले नेपाली चलचित्रका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौ । तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’

Image may contain: 1 person, standing

त्यस्तै गीतकार ममता राईलेपनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुख गरे अनुसार गीत राम्रो बनेको बताइन् ।’