निर्धन उत्थान बैंक लिमिटेडलाइ एक अरब रुपैयाँ कर्जा !




२०७५ जेठ ३० बुधवार
Bishnu Phadera

काठमाण्डौं,  ३० जेठ । निर्धन  उत्थान बैंक  लिमिटेड र ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (विश्व बैंक) बिच सम्झाैता भएकाे छ ।

बैंक र International Finance Corporation (IFC), a member of the World Bank Group बीच  जेठ २८ मा  कर्जाको लागि संझौता भएको हाे। निर्धन उत्थान बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  जनार्दन देव पन्त र International Finance Corporation (IFC), a member of the World Bank Group  नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिद बीच हस्ताक्षर गरी संझौता भएको हाे ।

यस संझौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपश्चात International Finance Corporation (IFC) ले निर्धन उत्थान बैंक लिमिटेडलाई एक अरब रुपैयाँ कर्जा प्रदान गर्ने छ ।

निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको राष्ट्रिय स्तरको लघुवित्त संस्था  रहेकाे बैंकले बताएकाे छ।

बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको बैंकले जनाएकाे छ ।

देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आई रहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।

७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको संजाल  रहेकाे छ ।

यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।